बेदकोट ८मा सडक सरसफाई अभियान शुरु

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ८ मा सडक सरसफाई अभियान शुरु गरिएको छ । साउन अन्तिम शनिबारदेखि बेदकोट ८ मा सडक सरसफाई अभियान शुरु गरिएको हो ।
स्थानीय युवा अगुवा समेत रहेका नगर सचिव दान बहादुर बमले सडक छेउछाउ क्षेत्रमा देखिएको फोहोर एव झाँडी सरसफाई अभियान शुरु गरिएको बताए । उनका अनुसार हरेक शनिबार युवा समन्वय समितिको अगुवाईमा सरसफाई गरिने भएको छ । युवा समन्वय समितिका अध्यक्ष महेश भट्टले सडक सरसफाई गर्दा यात्रुको सुरक्षित यात्रा हुने भएकाले गाँउमा युवा मिलेर गरिएको बताए । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले गाँउमा युवामिलेर सृनशिल काम सरानिय भएको भन्दै अभियान निरन्तर संचालनमा जोडदिए ।

ताजा समाचार

spot_img