कञ्चनपुर : कञ्चनपुरमा निर्माणाधिन रहेको हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले लार्पबाही गर्न थालेपछि एमाले प्रचार विभाग सदस्य रोशन खडका नेतृत्वमा निर्माण कम्पनीका संचालकसंग भेटघाट गरेका छन । हुलाकी सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी राजेन्द्र शर्मा जेभीका संचालक भीम बहादुर साउदलाई एमाले प्रचार विभाग सदस्य खडका सहितका एमाले नेता कार्यकर्ताहरुले भेटघाट गरेका हुन ।
शनिबार राजधानी काठमाण्डौँमा रहेका हुलाकी सडक निर्माण कम्पनीका संचालक साउदसंग बेलडाँडीका स्थानीय समाजसेवी, पत्रकार एव एमाले प्रचार विभाग सदस्य खडका नेतृत्वको क्षेत्र १का एमाले नेताकार्यकर्ताहरुले ठेकेदार कम्पनीका संचालक साउदसंग भेटघाट गरेर समयमै सडक निर्माण गर्न ध्यानाकर्षण गराएका छन ।
भेटमा एमाले प्रचार विभाग सदस्य रोशन खडकाले हुलाकी सडक निर्माण कार्यढिलाई हुँदा नागरिकलाई सास्ती खेप्नु परेको भन्दै समयमै काम गर्न आग्रह गरेका थिए । खडकाले हुलाकी सडक अन्र्तरगत दैजी बेलडाँडी जंगल क्षेत्रको सडकखण्ड समयमै निर्माण गर्न जोडबल गरेका थिए । नेपाली काँग्रेस डडेल्धुराका जिल्ला सभापति समेत रहेका निर्माण व्यवसायी भीम बहादुर साउदले बर्षा सकिए लगत्तै काम शुरु गर्ने बताए । कोरोना सहित विवित कारण ढिलाई भएपनि बर्षा सकिए लगत्तै दैजी बेलडाँडी सडकखण्डको काम सक्ने साउदले आश्वासन दिएका थिए । बेलडाँडीका स्थानीय समेत रहेका पत्रकार तथा एमाले प्रचार विभाग सदस्य खडकाले यस अघि पनि उक्त हुलाकी सडक निर्माणमा विशेष चासो राख्दै निर्माण कम्पनी, आयोजना एव सम्बद्ध निकायलाई घचघच्याउँदै आएका थिए ।

फेरीपनि सडक निर्माण ढिलाई हुन थालेपछि खडकाले क्षेत्र १का स्थानीय एमाले नेता कार्यकर्ता पत्रकार सहित लगेर ठेकेदार साउदलाई भेटेरै सडक निर्माणमा गम्भिर भई काम गर्न आग्रह गदै खबरदारी गरेका छन । जिल्लाको दक्षिण भेग बेलडाँडी, बेलारी पुनर्वास सहित कैलाली कञ्चनपुरको सदरमुकाम जोड्ने हुलाकी सडक ०७३सालदेखि निर्माण शुरु भएपनि ठेकेदार कम्पनी र आयोजनाको लार्पबाहीले सम्झौता अनुरुप निर्माण गर्न सकेको छैन । तीन पटक म्याद थप गर्दा समेत सडक निर्माण कार्य ढिलार्ई हुँदा जनताले सास्ती खेप्नु परेको छ ।







