कञ्चनपुरमा बार काउन्सिलको प्रदेश कार्यालय स्थापना

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा नेपाल कानुन व्यवसायी परिषद(नेपाल बार काउन्सिल) प्रदेशको कार्यालय स्थापना भएको छ । बार काउन्सिल सुदूरपश्चिम प्रदेशको कार्यालय भीमदत्त नगरपालिका ४महेन्द्रंनगरबा बार काउन्सिलको कार्यालय स्थापना भएको हो ।

शुक्रबार एक कार्यक्रममा विच बार काउन्सिलका पार्षद प्रकास पाण्डेयको सभापतित्वमा उच्च अदालत महेन्द्रनगरका मुख्य न्यायाधिश राजेन्द्र सुवेदीको प्रमुख आथित्यमा बार काउन्सिलको प्रदेश कार्यालय उद्घाटन गरिएको छ ।
कार्यक्रममा उच्च बारका अध्यक्ष यज्ञराज जोशीले स्वागत मन्तव्य राख्दै बार काउन्सिलको कार्यालय स्थापनासंगै कार्यालयबाट प्रशाद गरिने सेवा प्रवाहमा जोडदिए ।

प्रमुख अथिति उच्च अदालतका मुख्य न्यायाधिश राजेन्द्र सुवेदीले उदेश्य अनुरुप कार्य संचालनमा जोडदिए । जिल्ला बार कञ्चनपुरका अध्यक्ष कृष्णदेव जोशीले धन्यवाद ज्ञापन गरेका थिए । क कार्यक्रममा उच्च अदालतका न्यायाधिश कृष्ण लाल भट्टराई, जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार जयन्ती अवस्थी, नेपाल बारका पुर्व केन्द्रीय काबा अध्यक्ष राजेन्द्र साउद लगायत सुदूरपश्चिमका बरिष्ठ कानुन व्यवसायी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img