मैले बैशाख १७ मै पाटी परित्याग गरेको घोषणा गरेको थिए, तर अहिले चरित्र हत्या गर्ने काम भयो : थापा

कञ्चनपुर : राष्ट्रिय जनमोर्चा कञ्चनपुरका पुराना नेता एव पुर्व सचिव अहिमान थापाले गत बैशाख १७गते नै पाटी परित्याग गरेको बताएका छन । १७ बैशाखमै जनमोर्चाको सम्पूर्ण जिम्मेबारी र साधारण सदस्य समेत नरहने गरी पाटी परित्याग गरेको घोषणा गरेको स्पष्ट पारेका छन । जनमोर्चा कञ्चनपुरको बैठकले थापालाई पाटी सचिवबाट हटाएर लाल बहादुर कुँवरलाई जिम्मेबारी दिएको विषयमा प्रेस नोटदेखि विभिन्न संचार माध्यममा समाचार प्रकासित भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

बिहीबार थापाले एक प्रेस नोट जारी गर्दै राजनीतिक पूर्वाग्राहीका साथै राजनीतिक जिवनको हत्या गर्न खोजिएको बताएका छन । जनमोर्चाको सम्पूर्ण जिम्मेबारी निष्कासित गरेको नाटक मञ्चन गर्दै राजनीतिक जिवनको चरित्र हत्या गर्नु पूर्वाग्रही भित्रको पनि निकृष्ठातापुर्ण काम भएको थापाको भनाई छ । ०४५सालदेखि निरन्तर कम्युनिष्ट पार्टीकोसदस्य भई जनताको काममा खटिएका बेला आफुमाथि गरिएको राजनीतिक बेईजतीको खेद प्रकट गरेका छन । जनमोर्चा कञ्चनपुरका सचिव थापाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा साधारण सदस्य समेत नरहनेगरी पाटी परित्याग गरेको जानकारी गराएका छन ।

ताजा समाचार

spot_img