बडवाल टोल जोड्ने जगबुडा नदीमा हामी पक्की पुल बनाउछौं : नेता लेखक


पप्पु गुरुङ्ग, दोधारा । बडवाल टोललाई जोड्ने जगबुडा नदीमा पक्की पुल बन्ने नेपाली काग्रेंसका नेता रमेश दत्त लेखकले दाबी गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा हिजो आयोजित एक कार्यक्रमा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले बडवाल टोललाई जोड्ने जगबुडा नदीमा पक्की पुल बनाउने बताएका छन् । नेपाली काग्रेंसका उम्मेदवारलाई यस क्षेत्रबाट बिजय बनाए आगामी ५ वर्षमा जगबुडा नदीमा पक्की पुल बनाउने नेपाली काग्रेंसका नेता लेखकले प्रतिबद्धता जाहेर गरेका छन् । ‘नेपाली काग्रेंसलाई यस क्षेत्रबाट बिजय बनाउनुस् हामी पक्की पुल बनाउछौं’ नेता लेखकले भने । उनले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोल भारत संग जोडिएको सिमा बस्ती भएको हुदा नेपाली काग्रेंसको सरकार भएको बेला बिद्युत, सेवा बिस्तार, जगबुडा नदीमा तटबन्ध, झोलुङ्गे पुल निमार्ण गरेको भन्दै स्थानियहरुको अबको आवश्यकता सडक, लालपुर्जाको समस्या, जंगली हात्तीको समस्या नेपाली काग्रेंसको सरकारले निराकरण गर्ने उनले दाबी गरेका छन् । नेपाली काग्रेंसको सरकार भएको बेलामा आफुहरुले गरेका बिकास निमार्णको काम कम्न्युष्टीहरुले आफुहरुले गरेको सुन्दा आफु दंग भएको नेता लेखकले कार्यक्रममा बताएका छन् । ‘जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण कार्य हामीले गरेको भनेर एमालेका नेताहरुले भनेर जनतालाई अन्योलमा राख्दै आएका छन् । त्यत्तीबेला एमाले सरकारमा थिएन् । हाम्रो सरकारको पालोमा बडवाल टोलमा बिद्युत्त सेवा बिस्तार गरेका हौ, झोलुङ्गे पुल निमार्ण गरेका हौं र जगबुडा नदीमा तटबन्ध निमार्ण गरेका हौ’ नेपाली काग्रेंसका नेता रमेश दत्त लेखकले भने– ‘हामीले जगबुडा नदीको तटिय क्षेत्रमा बस्ती जोगाउन बनाउदै गरेको पक्की तटबन्ध एमाले सरकारले वडा नं. ३ बाट अघि बढाउनै सकेनन् ।’ आफुहरुले बोलेको कुरा रेकर्ड गर्न स्थानियहरुलाई समेत नेता लेखकाले स्थानियहरुलाई आग्रह गरेका छन् । ‘हामीले चुनाव जितेपछि पाँच वर्षमा बडवाल टोल जोड्न पक्की पुल बनाउछौं, मैले बोलेको कुरा रेर्कड गर्दा हुन्छ् । नेपाली काग्रेंस बिकास गर्ने पार्टी हो’ नेता लेखकले भने । देशमा बिकास गर्ने दलनै नेपाली काग्रेंस भएको उनको भनाई रहेको छ् । उनले कम्न्युष्टीहरुको भुलभुलैयामा नपर्न स्थानियहरुलाई आग्रह गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा ठुला साना सबै बिकासको काम गर्ने नेपाली काग्रेंसले गरेको बताउदै एमालेका नेताहरुले चुनावको समयमा आएर झुटो बाँचा गरेर जनतालाई गुमराह बनाउने काम गर्दै आएको काग्रेंसका नेता तथा सुद्रुपश्चिम प्रदेश सह–महामत्री गोपाल दत्त भट्टले बताए । निर्वाचनको बेला जनतालाई झुटो बोलेर चुनाव जित्ने र फर्केर नआउने नेकपा एमालेका कामलाई जनताले प्रत्यक्ष देखेको हुदा आगामी निर्वाचनमा नेपाली काग्रेंसले बहुमतले बिजय हुनेमा आफुहरु ढुक्क भएको उनले बताएका छन् । ‘हामी चुनाव हार्दा र जित्दा भएको बिकास कामलाई जनताले नजिकबाट नियालेको बताउदै दोधारा चाँदनी नगरपालिकामा आफुहरुले घरदैलो कार्यक्रम गर्दै गर्दा उल्लेखनिय जनमानसको उपस्थितीले जनता बिकास गर्ने दलको संगै रहेको अनुभुती भएको दाबी काग्रेंस नेता तथा सुद्रुपश्चिम प्रदेश सह–महामत्री गोपाल दत्त भट्टले बताएका छन् । बडवाल टोलमा भएको कार्यक्रममा स्थानियहरुले बिकास गर्ने दल नेपाली काग्रेंसलाई रोजेको बताएका छन् । कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखक, काग्रेंस नेता तथा सुद्रुपश्चिम प्रदेश सह–महामत्री गोपाल दत्त भट्ट, नेता गोपाल गुरुङ्ग, बेल बहादुर राना लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img