कञ्चनपुर : राष्ट्रिय युवा संघ नेपालका युवा नेता प्रशान्त भट्टलाई युवा संघ नेपाल कञ्चनपुरको जिल्ला इन्चार्जको जिम्मेबारी दिईएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले सुप प्रदेश सह इन्चार्ज तथा कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेबारी दिईएको हो ।

एमाले निकट युवा नेता रविन नाथले क्षमतावान युवा नेता भट्टलाई केन्द्रीय संगठनले प्रदेशको सह इन्चार्ज तथा जिल्ला इन्चार्जको जिम्मेबारी सुम्पिएको बताए । पुर्व जनप्रतिनिधी समेत रहेका भट्ट युवा माँझ लोकप्रिय छन । युवा संघका केन्द्रीय सदस्य, सुुप प्रदेश सह इन्चार्ज तथा कञ्चनपुर जिल्ला इन्चार्ज भट्टले संगठनले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







