कञ्चनपुर : कञ्चनपुरमा पनि २८ औँ विश्व आदिवासी दिवस मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिष्द कञ्चनपुरले मंगलबार विश्व आदिवासी दिवस मनाईएको हो । ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन जाति, भाषा, धर्म र सस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मुल नाराका साथ दिवस मनाईएको छ ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिष्द कञ्चनपुरको कार्यालय महेन्द्रनगरमा शुभकामना आदान प्रदानगरेर दिवस मनाईएको हो । आदिवासी जनजाती महासंघका सल्लाहकार धुव्र कुमार कायस्थको सभापतित्व तथा कञ्चननपुरका आदिवासी नेता एव नेवा देय् दवूका केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठको प्रमुख आथित्यमा दिवस मनाईएको छ । आदिवासी जनजातिका अगुवाहरुले आदिवासी जनजाति समुदायका समस्या एव हक अधिकारबारे पहल गर्ने बताएका छन । यसैविच बेदकोट समेत विवित कार्यक्रम गरि दिवस मनाईएको छ ।






