कोरोनाबाट छोरा गुमाएका पिडा सुनाए आफ्नो प्रिय नेता लेखकलाई मणीले (हेर्नुस् भिडियो)


दोधारा । कोरोनाबाट छोरा गुमाएका मणी देबी क्षेत्रीले आफ्नो प्रिय नेतालाई पिडा सुनाएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा पुगेका नेपाली काग्रेंसका नेता तथा पुर्व मन्क्री रमेश दत्त लेखकलाई स्थानियबासी मणी देबी क्षेत्रीले कोरोना संत्रमणले आफ्नो जवान छोरा प्रेम क्षेत्री गुमाएको पिडा पोखेका छन् । झण्डै एक वर्ष अघि कोरोनाको लहरमा छोरा गुमाएका मणी क्षेत्रीले आफ्नो घर आँगनमा आफ्नो प्रिय नेतालाई भेट गरेपछि आफ्नो पिडा सुनाउदै आशु थाम्नै सकिनन् । कोरानो संक्रमणको बेला छोरा गुमाएका मणीले छोराको याद भुल्न नसकेको मणीका श्रीमान महाबिर क्षेक्रीले बताए । मणीको छोरोको २०७८ बैशाख २८ गते कोरोना संत्रमित भएर मृत्यु भएको थियो । नेपालमा स्वास्थ्य संस्थाको अझै बिकास नभएको बताउदै स्वास्थ्य संस्थाहरुलाई अझ सुबिद्या सम्पन्न बनाउन मणी देबी क्षेत्रीले नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश दत्त लेखकलाई अनुरोध गरेका छन् ।

मणी देबी क्षेत्रीले रुदै भने– ‘सुबिद्या सम्पन्न स्वास्थ्य सस्थाको अभावकोकै कारण मेरो छोरोको ज्यान गएको हो । मेरो छोरा त रहने अरुका छोरा, छोरीहरु स्वास्थ्य संस्थाको अभावकै कारण ज्यान नजाओस् ।’ मणी देबी भन्केर रुन थालेपछि सबै स्थानियहरुको आँखा रसाएको थियो । छोरा गुमाएको पिडा सहदै आएको मणीलाई नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री लेखकले आश्वासन दिदै कसैको अकालमा ज्यान जान नदिन स्वास्थ्य संस्थालाई आधुनिक बनाउन आफुहरु त्यस तर्फ लागेको बताएका छन् । मणीको छोराको देहान्तले आफुहरु मर्माहत भएको बताउदै नेता लेखकले आफुलाई सम्हाल्न मणी देबी क्षेत्रीलाई भनेका थिए । केही समस्या भए आफुलाई सिधै फोन गर्न समेत नेता लेखकले मणी देबी क्षेत्रीको जहान परिवारलाई भनेका थिए ।


ताजा समाचार

spot_img