कञ्चनपुर: नेपाली काँग्रेसका नेता पुर्व सिँचाईमन्त्री एनपी साउदले विपद् कटानी सार्कीपार्की टोल क्षर््ोत्रको स्थलगत अनुगमन गरेका छन । चौधर नदीको कटानीबाट बेदकोटनगरपालिका ४बैतडा स्थित सार्कीपार्की टोल विप्दमा परेको छ । मंगलबार एक कार्यक्रमका विच पुर्वमन्त्री एव आफ्नो निर्वाचन क्षेत्र रहेका सत्तारुढ दल काँग्रेस नेता साउदले स्थलगत अनुगमन गरेका हुन ।

काँग्रेस नेता एव पुर्व सिँचाईमन्त्री सहितको टोलीले सार्कीपार्की टोल क्षेत्रमा भएको क्षतिबारे अनुगमन गरेको बेदकोटका स्थानीय अगुवा राजुराम सार्की(भुल)ले बताए । अनुगमन गर्दै पुर्वमन्त्री साउदले तटबन्धका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन । स्थानीयले चुनावका बेला जनताको खुट्टामा ढोक चढाउने, जनप्रतिनिधी तथा नेताले विप्दका बेला वेवास्ता गरेको गुनासो पोख्दै आएका छन ।







