धिरेन्द्र भट्ट/कंचनपुर : पुर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणले उपलब्धिको आशा राखेको बताएका छन। उनले मन्त्रीलाई भ्रमणमा बिआरआई तथा सिमा समस्याको कुरालाई राख्न सुझाव दिए। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा संगको भेटघाट पछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले यसो बताए। नेता खनालले परराष्ट्रमन्त्रीको चिन भ्रमणबाट नेपालले थुप्रै लाभ उठाउन सक्ने बताए। चीनका केहि ‘कोर इन्ट्रेस्ट’ का कुराहरु रहेको र चिनले मैत्रीपुर्ण सम्बन्धको निमित्त देशहरु सङ्ग आफ्ना ‘कोर इन्ट्रेस्ट’ का कुराहरूलाई ध्यान दिन माग गरेको जनाए।

नेता खनालले ऐतिहासिक हिसाबले हङकङ, तिब्बत र ताईवान् चिनको अभिन्न अङ्ग रहेको उल्लेख गरे। चीनले ती क्षेत्रहरुलाई जुनसुकै बेला पनि दाबी गर्न सक्ने बताउदै त्यो चिनको अन्तरिक कुरा रहेको उनले बताए। कार्यान्वयनमा नआएको बिआरआईको बिसयलाई पनि उक्त भ्रमणमा उठाउन खनालले सुझाव दिए। साउन २४ देखि २६ गतेसम्म मन्त्री खड्काको चीन भ्रमणको तालिका रहेको छ। खनालले परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्त्वपूर्ण भ्रमण रहेको बताए। ‘परराष्ट्रमन्त्रीको भ्रमण भइसकेपछि हामिले आशावादी हुनुपर्छ,’ खनालले भने, ‘बिआरआई को बारेमा पनि सम्झौता भएको छ तर कार्यान्वयन भएको छैन।

कहिलेकाही सिमाको बारेमा पनि समस्या आउन खोज्छ ती समस्याहरुको समाधानको दीर्घकालीन आधारहरु हामीले तयार पार्नुपर्छ।’ खनालले आउदो निर्वाचनमा विगतमा गरेको तालमेलका आधार उभिएर सबैलाई समान हुने ढंगले तालमेल हुने बताएका छन्। बाम एकता गर्न सबभन्दा ठुलो पार्टीले पहल गर्नुपर्ने र ठुलो पार्टीको नेतृत्व तयार नभएकाले अहिले बृहत बामएकताको सम्भावना नरहेको उनलेे बताए।







