जसपा जातीय-क्षेत्रीय राजनितिबाट माथी उठ्न सकेन : डा. भट्टराई

धिरेन्द्र भट्ट/कंचनपुर : पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जसपा क्षेत्रीयता र जातीयताको संकीर्ण राजनितीबाट माथि उठ्न नसकेको बताएका छन । सनिवार ललितपुरको बालकुमारीमा नेपाल समाजवादीको आजदेखि सुरु भएको केन्द्रिय समितिको बैठकमा बोल्दै भट्टराईले जसपा जातीय-क्षेत्रीय संकीर्णको राजनीतिबाट माथि उठ्न नसकेको आरोप लगाए। भट्टराईले जसपामा देखिएको जातीय-क्षेत्रीयको संकीर्ण राजनितिले गर्दा नयाँ पार्टी गठन गरेको बताए। जसपामा रहेर आफुले रुपान्तरण राजनितिको निमित्त प्रयत्न र बहसहरु चलाएको उनले बताए।

तर जसपालाई रुपान्तरण गरेर अघि बढ्ने सम्भावना नदेखिएपछी नयाँ ढंगले जनता समाजवादीलाई निर्माण गरेको अगाडि बढेको उनले भने। ‘जनता समाजवादी पार्टी यस्तो एउटा क्षेत्रीय संकीर्ण दलको रूपमा रुपान्तरण, पतन भएको छ,’ उनले भने, ‘त्यसले अब देशको वैकल्पिक राजनितिको कार्यभार पूरा गर्न सक्दौन। त्यसैले हामीले फेरि नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामिले जनता समाजवादी पार्टी निर्माण गरेर हामी अगाडि बढेका छौ।’

भट्टराईले गत असार २८,२९ गते पार्टी रुपान्तरणको निमित्त काठमाडौमा केन्द्रिय समितिको बिस्तारिक बैठक आयोजना गरेको बताए। जसपाले नयाँ रुपान्तरणको बाटो छोडी उल्टै पार्टीलाई नयाँ ढंगले विघटन र विसर्जनको दिसातिर लग्ने प्रयत्न गरेपछि पार्टी रुपान्तरण भएर अघि बढ्ने सम्भावना नदेखेपछी पुनर्गठन गरेरै जाने निष्कर्ष उक्त बैठकले निकालेको उनले बताए।

ताजा समाचार

spot_img