सत्ताधारी पाँच दलविच गठबन्धन गरेर चुनावमा जाने सहमती

कञ्चनपुर : सत्ताधारी पाँच राजनीतिक दलले आगामी ४ मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन गरेर चुनावमा जाने सहमती गरेका छन ।शुक्रबार पाँच राजनीतिक दलविच ४ मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन गरेर चुनावमा जाने सहमती गरेका हुन । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतमा बसेको पाँच दलिय गठबन्धनको बैठकले चुनावमा गठबन्धन नै गरेर जाने सहमती भएको छ ।

सहमती पश्चात पाँचै राजनीतिक दलले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै चुनावी तालमेल गर्ने घोषणा गरेका छन ।प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवाटी पाटीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा मंसिरमा हुने आगामी चुनावी तालमेल गर्ने घोषणा गरेका छन ।

ताजा समाचार

spot_img