महिलाको हक अधिकार कर्तव्यबारे छलफल

कञ्चनपुर: कञ्चनपुरका महिला सहित सिमान्तकृत संकटमा परेका नागरिकको हक अधिकार एव कर्तव्य बारे छलफल गरिएको छ । टेवा संस्थाको आयोजना एव आर्दश महिला समाज नेपालको समन्वयमा बिहीबार महेन्द्रनगरमा महिला सहित सिमान्तकृत संकटमा परेका नागरिकको हक अधिकार एव कर्तव्य बारे छलफल गरिएको हो । टेवा संस्थाले संचालन गरेको सामुदायिक सुरक्षा जालो र नारीवादी आन्दोलनको सुदृढीकरण कार्यक्तमको अनुगमन एव छलफल अन्र्तगतर सामुदायिक सुरक्षा जालो कार्यक्रमको प्रभावकारीता बारे यहाँका महिला अधिकारकर्मी, अगुवा एव आम महिलासंग छलफल गरेको छ ।

आर्दश महिला समाज नेपालका अध्यक्षा माया नेगीले टेवा संस्था मार्फत कञ्चनपुरमा संचालित सामुदायिक सुरक्षा जालो कार्यक्रमको अवस्था बारे जानकारी, अध्ययन एव प्रभावकारी विषयमा टेवा संस्थाका पदाधिकारीले अध्ययन एव छलफल गरेको बताई । अन्तरकृयामा टेवा संस्थाका कार्यक्रम अधिकृतद्वय अन्जु बराल र प्रतिष्ठा थापाले कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक सुरक्षा जालो मार्फत माहिला सहित विपन्न पिछडीएका एव विपद्मा परेका महिलाको हक अधिकारका साथै आफ्नो कर्तव्य बारे अवगत गराएका थिए । टेवाका सामुदायिक टिम लिडर रुपा उदारले समुदायमा संकटमा परेका महिलाको शसशक्तिकारणका लागि यूनएउमन कार्यक्रमको आर्थिक सहयोगमा सामुदायिक सुरक्षा जालो कार्यक्रम संचालन गरिएको बताए ।

सामुदायिक सुरक्षा जालोका संयोजक मञ्जु केसीले कार्यक्रम मार्फत हिन्सामा परेका महिलादेखि विपद्मा परेका मानिसको उद्दार एव हक अधिकारबारे सम्बन्धीत निकायलाई घचघच्याउँदै आएको बताई । ‘देशभरी संचालन भएको कार्यक्रमको हामी स्थलगत अनुगमन गरेका छौँ, ‘उनले भनिन, ‘कार्यक्रमको प्रभावकारीता, कमिकमजोरी अध्ययन गर्देै कार्यक्रमलाई थप शसक्त बनाउने लक्ष्य छ ।’

ताजा समाचार

spot_img