पुनर्वास: कञ्चनपुरको पुनर्वासमा अत्याधुनिक सुविधा सहितको पेट्रोल पम्प बुधबारदेखी सञ्चालनमा आएको छ। निगमले लामो समयदेखि मुख्य राजमार्ग क्षेत्रमा पम्प खोल्न अनुमति दिन रोकेको थियो । तर, राजमार्ग क्षेत्रमा ठूला र अत्याधुनिक पम्प खोल्न चाहानेले निगमबाट स्वीकृति पाए पछि कञ्चनपुरको पुनर्वासमा डेढ करोडको लागतमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरिएको छ ।


पुनर्वास नगरपालिका वडा नं. २ कान्छी बजार स्थित थन्गढी बेलौरी हुलाकी राजमार्ग क्षेत्रमा निगमले तोकेको मापदण्ड पुरा गरी मिना आयल स्टोर अत्याधुनिक सुविधा सहितको पेट्रोल पम्प आज देखी सञ्चालनमा ल्याएकोे छ। बेलौरी ,धनगढी ओहोर दोहोर गर्ने सवारी साधानले अब आधुनिक पम्पमा तेल हाल्न पाउनेछन् । पेट्रोलियम पदार्थको चरम अभाव ब्यहोरीरहेका पुनर्वासीहरु माझ यो पेट्रोल पम्पको स्थापन पेट्रोलियम पदार्थको दुनियमा एउटा कोसेढुङ सावित हुने सञ्चालक कृष्ण तामाङ बताउछन । करीव डेड करोडको निजी लागानीमा निर्मित यस पेट्रोल पम्पबाट यस रुटमा चल्ने सवारी साधन र स्थानियलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने सञ्चालक तामाङले जीकिर गुर्नभयो ।


तामाङको आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अत्याधुनिक पम्प निर्माण भएको छ । पम्पमा एक वटा डिजेल र १ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन रहेको छ। बिभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थितिमा पेट्रोल पम्पको आज सञ्चालक तामाङको ममतामयी आमाको बुहलीबाट एक अनौपचारिक कार्यक्रमका बिच उद्घाटन गरीएको थियो , सञ्चालक तामाङ उद्योग वणिज्य संघ शाखा पुनर्वासका अध्यक्ष हुनुहुन्छ ।








