धिरेन्द्र भट्ट/कंचनपुर : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले दोधाराचाँदनी सुख्खा बन्दरगाह दुबै तर्फबाट स्वयं भारतले बनाउने बताएका छन। बुधबार महेन्द्रनगरमा कंचनपुर उद्योग बाणिज्य संघको १७औं कार्यकारिणीको सपथ तथा पदभार कार्यक्रम सम्बोधन क्रममा सुख्खा बन्दरगाहलाई अब भारतले बनाउने उल्लेख गरे। सरकारले भारतसँग बिगतमा सुख्खा बन्दरगाह बनाउन माग माग गरेको बडुले बताए। जसको फलस्वरूप अब भारत स्वयंमे लिखित रूपमा दुवैतर्फ बाट सुख्खा बन्दरगाह निर्माण गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

मन्त्री बडुले उक्त सुख्खा बन्दरगाह संचालनमा ल्याउन सके यसले नेपालको पुर्व-पश्चिम् मात्र नभई उत्तर-दक्षिणको ब्यापार पहुँचलाई समेत खोल्ने बिश्वास व्यक्त गरे। महाकाली र सेती करिडोरले उत्तर तिरको ब्यापारलाई मार्ग प्रसस्त गर्ने धारणा जाहेर गरे। ‘यसले भारत र नेपाल मात्र हैन, नेपाल र चीनको ब्यापारलाई पनि जिवन्त गर्छ, मन्त्री बडुले भने, ‘दोधाराचाँदनीको यो महत्वलाई बुझेर हामिले भारत सरकारसँग सित आग्रह गरिरहेका थियौ, भारतले अब यो सुख्खा बन्दरगाह आफ्नो तिर र हाम्रो तिर स्वयं बनाउने लिखित प्रतिबद्धता जनाएको छ।’

मन्त्री बडुले दैजी छ्यालाको औद्योगिक क्षेत्रलाई अब ढिलो नगरी यस आर्थिकबर्षको दोस्रो त्रैमासिक भित्र निर्माण काम सम्पन्न हुने बताए। रुख काट्ने र छपानको काम गरिरहेको वनमन्त्रालयलाई आफुले यस आर्थिक बर्षको दोस्रो त्रैमासिक भित्र काम सम्पन्न गराउन भनेको उनले बताए। औद्योगिक क्षेत्रको काम छिटो सकेर अन्य पुर्वाधार ठाउँको बजेट यहाँ लगाइ बजेटको कमि हुन नदिने उनले बताए।







