महेन्द्रनगर : परसुराम नगरपालिका ३ को वडा कार्यालयमा स्थानियले ताला लगाएका छन् । वडामा भएका बिभिन्न योजनामा भ्रष्टाचार गरिएको भएकाले सत्यतथ्य छानविन गरि पाँउ भन्दै स्थानियले वडा कार्यलयमा दिएको निवेदन नै वडा कार्यालयका कर्मचारीको मिलोमतोमा गायव गरिदिएपछि स्थानियहरुले वडा कार्यलयमा आज बिहान ११ बजेदेखी तालाबन्दी गरेका हुन् ।

वडाको शिर्षमा स्थानिय टिकासिंह थलालले सार्वजनिक जग्गा कब्जा गरेको , खानेपानी पाईप काटेको, कृषी ज्ञान केन्द्र डडेल्धुराले कृषीका लगाी भनेर दिएको बजेटमा स्थानिय रामसिंह थलालले आफनो दाई टिकासिंह थलालको अध्यक्षतामा कृते समिती खडा गरी बजेट खाएको आरोप सहितको निवेदन स्थानियले असार १७ गते वडा कार्यालयमा दिएका थिए ।
वडा कार्यालयले सावन ७ गते वडा सदस्य सहित न्यायिक समितीबाट ३ जना सदस्यको छानविन समिती बनाए पनि खासै राम्रो काम गर्न नसकेको अवस्थामा परसुराम नगरपालिकामा जाने भन्दै आफुले दिएको निवेदन खोजी गर्दा निवेदन नै गायव पारिदिएको स्थानिय भुवन थलालले बताए ।

योजनामा आफनो आफन्तकै मात्रै राज गर्ने, योजना सम्पन्न नगर्ने भ्रष्टाचार गर्ने विषयमा छानविन गर्नु पर्ने ठाँउमा उल्टै गलत कामको ढाकछोप गर्न वडाले सहयोग गरेकाले कार्यालयमा ताला लगाएको उनले बताए । यता, वडा अध्यक्ष नरेश बहादुर खावसले निवेदन दिएको विषयमा आफुलाई जानकारी भएको तर निवेदन दर्ता नभएको बताएका छन् । उक्त विषयमा न्यायिक समितीले विवाद मिलाएको भएपनि पटक पटक फेरी समस्या हुने गरेको उनले बताए । पहिला पनि विवाद हुने गरेको फेरी मिल्ने फेरी ववाद गर्ने भएकाले आफुले नै अगाढी जानु भनेर सुझाव दिएको उनले बताए ।







