केकमा नशालु पदार्थ सेवन गराई चोरी गर्ने पक्राउ

कञ्चनपुर : जन्मदिन भन्दै केकमा नशालु पदार्थ मिलाई सेवन गराउने २ भारतिय नागरिकलाई अनुन्धानको लागि कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । मिति २०७८ माघ २१ गते साँझ भी.न.पा.वडा नं.३ का सन्तोष पाण्डेको घरमा कोठा भाडालिई केही दिन बसोबास गरेका २ जना भारतिय नागरिकले बर्थ डे हो भनि परिपञ्च रची केकमा बिषादी मिलाएर केक खान दिई घरमा भएका मानिसहरु बेहोस बनाएका थिए ।

बहोस भएपछि घरमा रहेका नगद तथा जिन्सी मालसमान चोरी लुटपाट गरी फरार रहेका निज भारतिय नागरिकहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खोज तलास तथा अनुसन्धान गर्दा उक्त घटनामा संलग्न भारतिय नागरिक सन्नी भन्ने सेरा जाट र साहिल शर्मा दुवैजना डाँका चोरी मुद्धामा धनगढी कारागार कार्यालय, कैलालीमा थुनामा रहेको भन्ने थाहापाए पछि दुवैजनालाई जिल्ला अदालत कैलालीको आदेशा श्रावण १६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।

ताजा समाचार