पीआरसी-द्वारा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्व दिवसको अवसरमा गड्डाचौकी नाकामा जनचेतनामुलक कार्यक्रम

कञ्चनपुरः शान्ति पुनर्स्थापना गृह (पीआरसी) ले कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीमा मानव बेचबिखन विरुद्व जनचेतनामुलक कार्यक्रम गरेको छ। अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्व दिवस तथा अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसर पारेर पीआरसी-ले जनचेतनामुलक कार्यक्रम गरेको हो। गृहले शनिबार “प्रविधिको प्रयोग र दुरूपयोग” भन्ने मुल नाराका साथ गड्डाचौकीस्थित सात नम्बर पिल्लरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गड्डाचौकी, सशस्त्र प्रहरी बल बीओपी गड्डाचौकी तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट गड्डाचौकीका तर्फबाट प्रमुख र प्रतिनिधिहरू, स्थानीय, समाजसेवी, बुद्धिजिवी, भारतीय उत्तराखण्ड प्रहरी र एसएसबी-को मानव बेचबिखन विरूद्धको ईकाईका प्रमुख तथा प्रतिनिधिहरू, मानव बेचबिखन विरूद्ध काम गर्ने भारतीय संस्था रीड्स र शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरका प्रमुख तथा प्रतिनिधिहरू लगायत ७०/८० जनाको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै शान्ति पुनर्स्थानपा गृह कञ्चनपुरका जिल्ला संयोजक सञ्जीत सिंहले कोरोना महामारीका कारण सीमानाकाबाट हुने मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेकोले यसलाई न्यूनिकरण गर्न दुवै देशका सुरक्षा निकाय तथा संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो। उहाँले भन्नुभयो, “मानव बेचबिखन एउटा जघन्य अपराध हो। यसले माहिला, बालबालिका र पुरुषहरुलाई समेत श्रम तथा यौन जस्ता गलत कार्यहरुमा जबर्जस्ती संलग्न गराउँदछ।”

मानव बेचबिखनको प्रवृति फेरिँदै गएको हुनाले यसलाई न्यूनिकरण गर्न नेपाल-भारत दुवै पक्षका प्रहरी प्रशासन तथा सुरक्षा निकाय र संघसंस्थाहरू हातेमालो गरि अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

ताजा समाचार

spot_img