धनगढी : नेपाल निजामति कर्मचारी संगठनले शहिद मनोज/झपेन्द्र/सुरेन्द्र स्मृति दिवसको अवसरमा आयोजित १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरुले प्रदेश निजामति सेवा ऐनको डा«फ्टको ५५वटा बुँदा सच्याउनु पर्ने साथै निजामति सेवा ऐनमा समेटिनु पर्नेमा जोड दिएका थिए । उक्त अन्तरकृया कार्यक्रम मार्फत १५ पृष्ठको प्रतिवेदन समेत प्रदेश मामिला समितीका सभापती तथा सदस्य ज्युहरुलाई बुझाईएको थियो । अन्तरकृयामा समिटीएका सुझावहरुलाई प्रदेश निजामति सेवा ऐनमा समेटेर लैझानु पर्नेमा सहभागिहरको जोडरहेको थियो ।
निजामति कर्मचारीहरुको हकहितका लागी संघर्षका क्रममा शहादत प्राप्त गरेका खोटाङ्गका मनोज जोशी,पोखराका झपेन्द कार्की तथा मुगुका सुरेन्द्र विकलाई नेपाल सरकारको २०६४ माघ २२ को निर्णय बाट शहिद घोषणा गरिए पछी प्रत्येक वर्ष उनहिरुको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले साता व्यापी कार्यक्रमको आयोजना गरि मनाउदै आईएको छ ।
नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश संयोजक कृष्ण वहादुर शाहीको अध्यक्षतामा धनगढीमा भएको उक्त अन्तरकृया कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रदेश मामिला समितीका सभापती माननीय नेपालु चौधरी प्रमुख अतिथी रहेका थिए । नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश महासचिव महादेव जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय तथा प्रदेश मामिला समितीका सदस्य द्धय तारा लामा तामाङ्ग र मालामती कुमारी राना थारु लगायतका नेपाल निजामती कर्मचारी संगठन केन्द्र, प्रदेश तथा जिल्ला कमिटीका महानुभावहरको सहभागिता रहेको थियो ।







