बेदकोट ८को पर्यटन विकासका लागि पर्यटन मन्त्रालयमा ज्ञापन पत्र

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले संघीय सरकारका विभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन ।बिहीबार पनि स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन । वडाध्यक्ष जोशीले वडाको दिगो विकास र सम्बृद्धिका लागि संघीय सरकारसंग बजेट माग गर्दै विभिन्न मन्त्रालमा ज्ञापन पत्र बुझाईरहेका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा बुझाएको ज्ञापन पत्र अनुसार पर्यटन क्षेत्रको बृतचित्र निर्माण, पर्यटनपदमार्ग निर्माण, बैजानाथ मन्दिर देशकै प्रसिद्ध धाम विस्तार गर्न, मष्टामाण्डौँ, हुनैनाथ पर्यटकीय क्षेत्रको विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न माग अघि सारेका हुन । बेदकोट ८का वडाध्यक्ष महेशराज जोशीले वडाको दिगो विकास र सम्बृद्धिका लागि सम्बन्धीत विषयत मन्त्रालयमा मन्त्री, राज्यमन्त्री, सचिव स्तरमा भेटघाट गर्दै ज्ञापन पत्र बुझाएर आवश्यक बजेट माग गरिरहेको बताए । वडाध्यक्ष जोशीले वडाको बजेटबाट दिगो विकास र सम्बृद्धि नहुने भएकाले सघीय सरकारबाट थप बजेट माग गरिरहेको बताए ।

ताजा समाचार

spot_img