जन्मदै पूर्ण दृष्टि बिहिन कुँवरले ५० वर्षमा पाए सेतो छडी

कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर १ बाह्रकुन्टा शान्ति टोल बस्ने वर्ष ५० का हरि सिंह कुवर जन्मदै पूर्ण दृष्टि बिहिन हुन् । उनले अहिले सम्म पूर्ण दृष्टि बिहिन हुदाँ हुदै पनि ह्वाइट क्यान (सेतो छडी) प्रयोग गरेका थिएनन् । जुन दृष्टिविहीन अपाङ्गहरुले प्रयोग गर्ने गर्दछन् । आर्थिक अवस्था कमजोर त्यसैमा अपाङ्ग रहेका कुवँरको अहिले सम्म काठको लौरो नै साहरा रहेको थियो । तर अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका दीर्घ कुमार स्वारले कुँवरको बारेमा थाहा पाए पछि उनको समन्वयमा नेत्रहीन संघले कुँवरलाई एक कार्यक्रम विच ह्वाइट क्यान (सेतो छडी) दिएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिह धामीले एक कार्यक्रम विच हस्तान्तरण गरेका थिए । उनले हस्तान्तरण कार्यक्रममा बोल्दैे अपाङ्गता भएका ब्यक्तिहरूलाई आफू जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए । ‘अपाङ्गता भएका ब्यक्तिहरू अवसर पाएमा जस्तो सुकै काम पनि गर्न सक्छन म पदमा रहदा वा नरहदा जुनसुकै बेला पनि सहयोग गर्न तयार छु’ भन्ने प्रतिवद्दता पनि व्यक्त गरे । आर्थिक अवस्था कमजोर रहेको हरि सिह कुँवरको घरमा बिजुलि बत्ती पनि छैन मट्टीतेलबाट टुक्की बाल्दै आएका कुँवर अहिले मट्टीतेलको भाउ बढे पछि १/२ महिनाबाट टुक्की पनि बालेका छैन्न । उनका बाल बच्चा पढनको लागि राति अरुको घर धाउने गरेका छन् । यस्तो दयनिय अवस्थाको बारेमा थाहा पाए पछि वडाअघ्यक्ष धामीले कुँवरको घरमा बिजुलि बत्ती जडान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिलाई रोजगारीको अवसर कम प्राप्त हुने जसले गर्दा घर धन्दा चलाउनै गाह्रो हुने हुदाँ आफुले भीमदत्त नगरपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुको घरको मासिक बिद्युतको महसुल पनि नगरपालिकाले तिर्नु पर्ने अभियानमा चलाएको भीनपा –३ का वडा अध्यक्ष धामीले बताए । ‘जसले गर्दा अपाङ्गता भएका व्यक्तिलाई केही हद सम्म भए पनि राहत होस् भन्ने धारणा रहेको’ धामीले बताए । ‘उक्त अभियानमा आफुहरुको पनि एकबद्धता रहेको’ अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका स्वारले बताए ।

ताजा समाचार

spot_img