पुनर्वास नगरपालिकामा १३२केभी बिद्युत सवस्टेसन सुचारु गर्नका लागि त्रिपक्षिय छलफल

किशोर तामाङ / पुनर्वास: कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा १३२केभी लाईन को बिदधुत सवस्टेसन सुचारु गर्नका लागि पुनर्वास नगरपालिका, नेपाल बिद्युत प्राधिकरण र राष्ट्रिय आवास कम्पनी बिच छलफल भएको छ।आज एक अनौपचारिक कार्यक्रमका बीच १३२केभी बिद्युत लाईन सुचारु गर्नका लागि पुनर्वास नगरपालिका, नेपाल बिद्युत प्राधिकरण र राष्ट्रिय आवास कम्पनी बिच त्रिपक्षिय भेटघाट र छलफल भएको हो ।

दक्षिणी क्षेत्रमा रहेको बिद्युतय भोल्टेज समाधानका लागि १३२केभी सब-स्टेशन पुनर्वासमा स्थापनार्थ नेपाल बिद्युत प्राधिकरण सुदुर-पश्चिम प्रमुख जग बहादुर चन्द र रास्ट्रीय आवास कम्पनी का जि एम नारायण बस्तोला सग क्षेत्र नम्बर १ का संविधान सभा सदस्य मनानिय दिवान सिंह बिष्ट, क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, बीच भेटबर्ता र छलफल भएको थियो ।

उक्त छलफलमा पुनर्वास नगरपालिकामा 132 के भी लाईन को सवस्टेसन निर्माणका लागि करीव ५ बिगाह क्षेत्रफल अव्श्यकता रहेकोले पुनर्वास नगरपालिका, नेपाल बिद्युत प्राधिकरण, राष्ट्रिय आवास कम्पनी बिच प्रारम्भिक छलफल प्रक्रिया अगाडि बढाएको छ। पुनर्वास नगरपालिका, राष्ट्रिय आवास कम्पनी र नेपाल बिद्युत प्राधिकरणको 132 के भि लाइन निर्माण कार्यका लागि छलफल प्रक्रिया अघि बढेर काम सम्पन्न हुनसके अहिले देखिएको डिम लाइटको समस्या सदाका लागि अन्त्य हूने नेपाल बिद्युत प्राधिकरका सुदूरपश्चिम प्रदेश प्रमुख चन्दले जानकारी दिनुभयो ।

ताजा समाचार

spot_img