गठबन्धनमा कम भन्दा कम क्षति हुनेगरी कांग्रेस जान्छ : डा. कोइराला

धिरेन्द्र भट्ट/कंचनपुर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन हुनुपर्ने बताएका छन। बुधबार प्रेस युनियन पर्साले बिरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले आउदो संघ तथा प्रदेशको निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन हुने बताए। ‘अब हामिहरु प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा हामिहरु हुमिदै छौ।

मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई बिश्वास छ।’ उनले भने, ‘ निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जान सक्छौ किनभने गठबन्धनमा छौ गठबन्धनमा जाने भन्या छौ। तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामिले छलफल गरिरहेका छौ।’ कोइरालाले गठबन्धन गर्ने विषय कांग्रेस केन्द्रीय समितिमा पनि छलफल भएको बताए। सबैलाई समेटेर जाने आफुहरुको उद्देश्य रहेको उनले बताए जसका लागि कांग्रेस केन्द्रीय समितिमा पनि दुई तीन वटा कुराहरु निर्णय गर्दा लेखेको उनी भन्छन।

उनले माओवादी र समाजवादीले हामीनै सबैकुरा हो भनी कुरा उठाइरहेको बताउदौ त्यसो नभई कांग्रेस ठूलो पार्टी भएकोले कांग्रेसले आफुलाई कम्तीमा कम क्षति हुनेगरी गठबन्धनमा जाने बताए।

ताजा समाचार

spot_img