ओझेलमै रहयो अनुसन्धान, निर्मलाका हत्यारा सम्म पुग्न सकेन प्रहरी

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्या भएको चार बर्ष पुरा भएको छ । निर्मलाको बलात्कार पछि हत्या भएको चार बर्ष पुरा हुँदा समेत अझै हत्यारा पत्ता लागेको छैन भने, निर्मलाको परिवारलाई न्याय पनि पाईएको छैन । साथिको घरमा होमवर्क गर्छु भन्दै घरबाट हिडेकी निर्मला कहिल्यै नफर्किने गरि बलात्कारीको शिकारमा परेकी हुन । १० साउन ०७५ मा निर्मला पन्त हराएको दिन हो । निर्मला हत्याकाण्डदेखि यता केन्द्रमा दुई सरकार फेरिए, तर पनि निर्मालाका बलात्कारी अझै पक्राउ परेनन् । निर्मालाको हत्याहुँदा तत्तकालिन अवस्थामा ओली नेतृत्वमा सरकार थियो ।

सो बेलामा काँग्रेस सरकार बाहिर रहेका बेला काँग्रेस नेता कार्यकर्ता एव स्वयम हालका प्रधानमन्त्री शेर बहादुर देउवा निर्मलाको घरमा पुगेर निर्मलाका हत्यारा बत्लाकारी काँग्रेस सरकारमा गएपछि सार्वजनिक गर्ने बचन दिएका थिए । तर काँग्रेसले सरकारको नेतृत्व गरेको बर्षदिन पुग्दा समेत त्यतातिर ध्यान केन्द्रीत गरेको छैन ।  कञ्चनपुरका दर्जनौँ प्रहरी प्रमुख फेरिए तर, बलात्कारपछि हत्या गरिएकी निर्मलाका वास्तविक हत्यारा अझै पत्ता लागेका छैनन । सरकारले घटना छानबिनका लागि उच्चस्तरिय छानबिन टोलीदेखि विभिन्न असन्धानका टोली बनाएर पठाउँदा समेत उपलब्धी भएको छैन । बरु राज्यको करोडौँ रकम खर्च भईसकेको छ,तर उपलब्ध समेत सुन्य भएको छ । कञ्चनपुरमा ८ प्रहरी प्रमुख र नेपाल प्रहरीको पाँच प्रमुख फेरीदा समेत निर्मला हत्याकाण्ड ओझेलमै रहेको छ । शुरुमै प्रहरीले निर्मला हत्याकाण्डमा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ का दिलिपसिह विष्टलाई सार्वजनिक गरेको थियो ।

प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप विष्टलाई सार्वजनिक गरेको भन्दै स्थानीय सहित केही अधिकारकर्मीले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा स्थानीय युवक सन्नी खुनाले ज्यानै गुमाए, भने अर्जुन भण्डाराले खुट्टा गुमाउनुका साथै दर्जनौँ मानिस घाईते भएका थिए । निर्मला हत्याकाण्डलाई लिएर अन्य सहायक मुद्दा मामला भए तर मुल मुद्दा नै अदालतमा पुगेको छैन । घटनामा संलग्न आशंकामा डेढ सय बढिको डिएनए टेष्ट हजारौँसंग सोधपुछ गर्दा समेत मुख्य हत्यारा पहिचान भएन । शुरुमै कञ्चनपुर प्रहरी र सिआईबीको नेतृत्वले दिलिप विष्ट नै मुख्य हत्यारा भएको भन्दै पक्राउ गरि सार्वजनिक गरिएको थियो । स्थानीयले आन्दोलन गरेपछि उनलाई सरकारी वकिल कार्यालयको रहोबरमा छाडिएको थियो । निर्मला हत्याकाण्ड बारे अहिले पनि राजनीतिक तथा समाजिक वृतमा चर्चा चलिरहन्छ । घटना घटेको समयमा गुज्रिएपनि घटना बारे चर्चा चलिरहेकै हुन्छ ।

निर्मलाका हत्यारा को होला ? निर्मलाको घरमा समाजिक अभियन्ता देखि भिआईपीहरु समेतको ओईरो लाग्यो,तर उनीहरुले हत्यारा अकास, पाताल धर्ती जहाँकही भएपनि खोजेर ल्याउने आवश्वास दिएका थिए । जिल्लादेखि केन्द्रसम्म निर्मलाको हत्यारा खोजबिनको माग अघि सारेर आन्दोलन भएपनि अहिलेसम्म वास्तविक हत्यारा को हो ? भन्नेमा आशंका नै छ । निर्मलाकी आमा दुर्गादेवि पन्तले शुरुमै प्रहरीले सार्वजनिक गरेका दिलिप विष्टमाथि नै संका रहेको किटानी समेत दिएकी थिइन । उनले निर्मलाको पीडाले बाँच्नु न मर्नु बनाएको बताउदै छोरी गुमाएको पीडा आमालाई मात्रै थाहा हुने दुखेसो पोखिन् । ‘मैले छोरी गुमाएकी छु, ‘उनले भनिन, ‘मलाई भन्दा अरुलाई के पीडा छ, अझैपनि आस मरेको छैन, न्याय पाउँछुहोला ।’  निर्मला हत्यापछि उनको घरमा लस्करका लस्कर भिआपी आएर हत्यारा पत्ता लगाउने आश्वासन दिएपछि हत्यारा पत्ता नलागेपछि उनले न्याय पाउने आशा नै टुटेको बताएकी छिन । निर्मलाकी आमाको अहिले दैनिक भीमदत्त नगरपालिका २ नम्बर वडा कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी छिन ।

नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले चार समय वितिसक्दा पनि वास्तविक हत्यारा लुकाएकै कारण पत्ता नलागेको बताए । कञ्चनपुरकी अधिकारकर्मी माया नेगी न्यायको दिप अझै नमरेको बताउँदै सरकारले चाहे हत्यारा पहिचान हुने बताईन । उनले शुरुमै प्रहरीको अनुसन्धानमाथि केहीलाई विश्वास नलाग्दा यत्रो दुख भोक्नुपरेको बताए । अधिकारकर्मी शारदा चन्दले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल मार्फत प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै निर्मलाका वास्तविक हत्याराको पहिचान गरेर सार्वजनिक गर्न माग गरेकी छिन । साँझ निर्मलाको स्मृतिमा दिप प्रज्वलन गरिएको छ । शारदाले उतिबेला काँग्रेस सभापति एव हालका प्रधानमन्त्री शेर ब. देउवाले निर्मलाकै घरमा पुगेर काँग्रेस सरकारमा गएको २४घण्टाभित्रै निर्मलाका बलात्कार सार्वजनिक गर्ने प्रतिबद्धता दिएपनि काँग्रेस नेतृत्वमा सरकार बनेको बषौँ हुँदा समेत सिन्को भाँन्च नसकेको बतााईन । निर्मलाका हत्यारा पत्ता लगाउँछु भन्ने दलहरु सरकारमा जाँदा पनि उस्तै समस्या भएको बताईन ।

उतिबेला कम्यूनिष्ट सरकारले छोरीका हत्यारा लुकाएको भन्ने निर्मलाका बाबु पनि अहिले काँग्रेसको सरकार आएपछि चुपचाप देखिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डबारे अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र ब. शाहले निर्मला हत्याकाण्ड अनुसन्धानका लागि अहिले पनि जिल्लामा सिआईबी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोली खटिएको बताए । ‘हामी निरन्तर अनुसन्धानमै छौँ, ‘उनले भने, ‘अहिले पनि हाम्रो टोली फिल्डमै खटिएको छ ।’ निर्मला हत्याकाण्ड भएदेखि कञ्चनपुरका बालिका, किशोरी एव महिला त्रसित भएका छन । निर्मला हत्या पछि पनि श्रृंखलाबद्ध रुपमा सामुहिक बलात्कार एव हत्याकाण्ड अझै रोकिएका छैनन ।

ताजा समाचार

spot_img