धिरेन्द्र भट्ट/कंचनपुर : स्थानीय तहको निर्वाचन सम्पन्न भएसङ्गै सङ्गै यतिबेला संघिय चुनावको माहोल बनिरहेको छ। यस्तै प्रतिनिधिसभा सदस्य तथा जनता प्रगतिशील पार्टिका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी चुनावमा संविधानको स्तम्भ माथी नै प्रहार हुने गरि चुनावी मुद्दा वा नारा बन्ने देखिएको उल्लेख गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सदस्य त्रिपाठीले संघीयताको खारेजी, गणतन्त्र र धर्म निरपेक्षता माथी प्रहार तथा दुईदलिय ब्यवस्थाको विक्षिप्त वकालत जस्ता विसयहरुलाई कथित जिम्मेवार दलहरूले नारा बनाई निर्वाचनमा जाने लक्षण देखिएको बताए। राजनीतिक शास्त्र अथवा समाज शास्त्रीय दृस्ठिकोणले हेर्दा आफुहरुले गतिलो काम गर्न नसक्दा दूरदृष्टिको अभावका कारण प्रतिगामी नाराको सहारा लिनमा दलहरू लिप्त भएका त्रिपाठीको भनाइ छ।

‘प्रगतिशिल एजेन्डा नरुचाएकाहरुको बाहुल्यता छ। यस प्रकारको कुप्रभावको भावनाले लोकतन्त्रनै जोखिममा पर्न सक्दछ।’ उनले भने, ‘किनभने आलिह नै बालिक भएपछि त्यो पद अथवा बाली बचाउन सकिन्न। र अहिले यो प्रहार क्रमश किस्ता बन्दिमा अरु अरु बिसयमा भएपनि समग्रमा प्रहार अन्ततः लोकतन्त्र माथी नै हुने आगामी चुनावमा नारा बन्ने मैले सम्भावना धेरै जिम्मेवार दलहरू बाट देखिरहेको छु।’

यस्तै उनी कृषि र रेमिटेन्सले गर्दा देश श्रीलंकाको अवस्थामा पुग्नबाट बचेको तर रसायनिक मलको अभाव र समयमा पानी नपर्नुको कारण धान उत्पादनमा ह्रास आउने निश्चित रहेको बताउछन। कुल जिडिपीमा धान मात्रको योगदान ७% रहेको हुनाले धान उत्पादनमा ह्रास आउनुले देशको समग्र जिडिपिमा असर पार्ने भएको हुनाले यश बिसयमा सरकारले जति ध्यान दिनुपर्ने हो सरकारले दिन नसकेको उनले उल्लेख गरे।






