कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले बालि विज्ञान तर्फका विद्यार्थीका लागि सोमबारदेखि पाँच दिन सम्म सञ्चालन गरेको सहभागितात्मक ग्रामीण लेखाजोखा(पिआरए÷ आरआरए) तालिम शुक्रवार समापन गरिएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका कृषि प्रसार निर्देशक तथा तालिमका मुख्य प्रशिक्षक महेश जैशीले त्रिविको सहकार्यमा पहिलो पटक विद्यालय स्तरमा लेखाजोखा तालिमको आयोजना गरिएको बताउनु भयो ।
उहाँले विद्यार्थीहरुलाई व्यवसायीक बन्नका लागि आवश्यक पर्ने तत्वहरुका बारेमा जानकारी दिईएको चर्चा गर्दै विद्यार्थीले कार्य क्षेत्रमा पुगेर कार्य गर्नु पर्ने बताउनु भयो ।
कृषि साधन(टुल) र टेक्नीकलको प्रयोग गरी पाँच दिने व्यवहारीक तालिम दिएर विद्यार्थीलाई दक्ष पारिएको उहाँले बताउनु भयो ।
बाली विज्ञान पढने विद्यार्थीहरुको सफलता दर निकै कम भएको उल्लेख गर्नु हुदै उहाँले त्रिविमा यसलाई कसरी सहजन गर्न सकिन्छ यस बारे छलफल गरी निष्कर्शमा पुगिने बताउनु भयो ।
शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि दिपक बिष्टले कृषि बहुमूल्य पेशा भएकाले जसले माटोलाई स्पर्स गर्छ । त्यसलाई माटोले आर्शिवाद दिने भएकाले कृषिको आयात प्रतिस्थापन गरी निर्यातलाई बढावा दिन सक्ने जनशक्ति उत्पादन गरिनु पर्ने बताउनु भयो ।
तालिम जीवन उपयोगी भएको धारणा अघि सार्दै उहाँले समुदायलाई फाईदा पुग्ने गरी तालिमका सहभागीहरुले कार्य गर्नु पर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर सिंहले तालिमले जीवनमा महत्पूर्ण योगदान दिने कुरा अघि सार्दै विद्यार्थीको दक्षता बृद्धिमा यसले सहयोग पुरयाएको बताउनु भयो ।
पुनः यस्ता तालिम सञ्चालनका लागि पहल गरिने उहाँको भनाई रहेको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य तेज बहादुर शाहले तालिममा सिकेका कुराहरुलाई विद्यार्थीहरुले व्यवसायीक जीवनमा लागु गर्नु पर्ने बताउनु भयो ।
उहाँले विद्यार्थीहरु समुदायका विचमा जादा बोल्न समेत हिच्कीचाउने गरेको उल्लेख गर्दै तालिमको प्रभावका कारण सबैका अगाडी बोल्न सक्ने भएको बताउनु भयो । विद्यालयका प्रद्यानाअध्यापक लक्ष्मी थापा ऐरले तालिमबाट सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उत्तार्नु पर्ने बताउनु भयो । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक जैशीलाई विद्यालयका तर्फबाट सम्मान पत्र र विद्यार्थीका तर्फबाट मायाको चिनो स्वरुप विजयसालको करुवा हस्तान्तरण गरिएको थियो । तालिममा सहभागी ६४ विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । तालिम समापन कार्यक्रमको सञ्चालन विद्यालयको प्राविधिक तर्फका कार्यक्रम संयोजक जगदिशप्रसाद जोशीले गर्नु भएको थियो ।







