कञ्चनपुर, : नेपाली काँग्रेस भीमदत्त नगर कार्य समितिले महेन्द्रनगर बैजनाथ माध्यामिक विद्यालय परिसरमा बृक्षारोपण गरेको छ ।शुक्रबार काँग्रेस भीमदत्त नगर समितिले विपी कोईरालाको ४० औँ स्मृति दिवसमा बृक्षारोपण गरेको छ । नेपाली काँग्रेस भीमदत्त नगरकी सचिव नितृ भट्टले जन नायक विपी कोईरालाको स्मृतिमा विद्यालय परिसरमा बृक्षारोपण गरिएको बताईन । उनका अनुसार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन । काँग्रेस भीमदत्तनगरका सभापति एब बैजनाथ माविका अध्यक्ष समेत रहेका अच्युत राज कलौनी, सचिव नितृ भट्ट सहितका नगर कार्य समिति, नेता, जनप्रतिनिधी, शिक्षकको सहभागितामा बृक्षारोपण गरिएको छ ।







