भारतीय लागु औषधका तस्कर प्रहरीको फन्दामा

कञ्चनपुर: लागु औषध बोकेर नेपाल आएका तीन भारतीय लागुऔषध (खैरो हिरोईन)का तस्करलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमबरबस्तीबाट तीन भारतीय लागु औषधका तस्कर प्रहरीको नियन्त्रणमा आएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले सीमाबस्ती पुनर्वासको अमरबस्तीबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले लागु औषध सहित नगद र तीनै जनालाई नियन्त्रणमा लिएको बताए । सुचना अधिकारी शाहका अनुसार पक्राउ पर्नेमा भारत उत्तराखण्ड पलियाका सुमित गुप्ता, उत्तारखण्ड लखिमपुर खिरीका लबि गुप्ता र महेन्द्रुको साथबाट लागु औषध बरामद गरिएको छ । तीनै जनाको साथबाट ७८.३७ग्राम खैरो हिरोईन र नगद १५ हजार बरामद गरिएको छ ।

भारतीय तस्कर समुहले नेपालका किशोर युवा समुह ध्वस्व पार्नका लागि खुलेयाम सीमापार लागु औषध ल्याएर बिक्रि वितरणमा उद्यत रहेका छन । सो भारतीय लागु औषधका तस्कर समुहमाथि नेपाल प्रहरीले डण्डा बजाउने काम सरानिय भएको स्थानीयको भनाई छ । स्थानीयले सीमा क्षेत्रमा यस्तै भारतीय तस्करमाथि निगरानी गर्दे कार्बाही गर्नुपर्ने सुझाव दिदै आएका छन ।

ताजा समाचार

spot_img