कञ्चनपुर : यस बर्ष ढिलोगरी बर्षा शुरु भएसंगै कञ्चनपुरको बेदकोट नगरपालिका ४ सार्कीपार्की टोल वाढीको उच्च जोखिममा परेको छ । बेदकोट नगरपालिका ४ बैतडा स्थित सार्कीपार्की टोल चौधर नदीको उच्च जोखिममा परेको हो । बेदकोटका अगुवा युवा राजुराम सार्कीले चुरे भएर बग्ने चौधर नदीमा पानीकोसतह बढेसंगै सार्की टोल उच्च जोखिममा रहेको बताए ।

उनका अनुसार बेदकोट छाला प्रशोधन केन्द्र , जानज्योती बाल विकास केन्द्र सहित ठेसे भुल, डम्बर भुल, उत्तरे भुल, दानी भुल, कृष्ण भुल, मदन भुल, दिपक भुल, रंगे भुलको घर उच्च जोखिममा परेका छन । सो स्थानमा नदीले कटानी गर्न थालेपछि स्थानीय त्रसित भएका छन । हरेक बर्ष वाढीको जोखिममा उक्त बस्ती परेपनि कुनैपनि निकायबाट बलियो तटबन्ध निर्माणकालागि पहल नहुँदा बस्ती वाढीको उच्च जोखिममा पर्दै आएको छ ।







