फेडोद्धारा संचालित कानुन सम्बन्धी २ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

महेन्द्रनगर : दलित महिला संघ (फेडो) कञ्चनपुरले अयोजना गरेको नागरिक अभियन्ताहरुको कानुन सम्बन्धी २ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका बिभिन्न सामाजिक अभियन्ता, समाजसेवी, मानवअधिकारकर्मी ,सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी लगायतको सहभागितामा उक्त कार्यक्रम संचालन गरिएको फेडोका जिल्ला कार्यक्रम संयोजक नर बहादुर आउजीले जानकारी दिए ।
फेडोका जिल्ला अध्यक्ष लक्ष्मी विकले लैङ्गिक र जातीय दोहोरो विभेदमा परेका दलित समुदायका महिलाहरु समाजका पिंधमा भएकाले न्याय पाउन नसकेको बताइन् । जातिय विभेद महिला हिंशाका घटनामा वृद्धि भई रहेका बेलामा कानुनी दायरामा पिडकलाई ल्याउन र कानुनी कठघरामा उभयाउन पनि समस्या भई रहेको अवस्थामा पिडकलाई सजाय र पिडितलाई न्याय दिलाउनको लागि यो सामाजिक अभियन्ता, नागरिक अभियन्ताहरुको कानुन सम्बन्धी २ दिने क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिएको बताईन । साथै स्थानिय सरकारले दलित अल्पसंख्यक समुदायका लागि बजेट छुटायाउनु पर्ने उक्त माहोलको सिर्जना आफुहरु लागि परेको उनले बताईन् ।
भीमदत्त नगरपालिका ४ कि सहभागी पुष्पा लुहारले आफुले नागरिक अभियन्ताहरुको कानुन सम्बन्धी २ दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताईन् । समाजमा अहिले पनि दलित महिलाहरु लगायत अन्य महिलाहरुले अहिले पनि पिडामा रहेको र न्यायको लागि तडपि रहेको अवस्थामा अब देखी आफुले पनि समाजमा रहेका महिलाहरुको लागी अभियन्ताको रुपमा काम गरी हिंशामा परेका महिलाहरुको न्यायको लागी काम गर्ने बताईन् ।
प्रशिक्षक तथा कानुन व्यवसायी कौशिल्या ओझाले अहिले पनि समाजमा पिडामा रहेका अन्यायमा परेका महिलाको आवाज बनेर न्यायको लागी सामाजिक अभियन्ताको रुपमा काम गर्ने मा आफु विस्वसत रहेको बताईन् ।
यो दुई दिनको बसाईमा कानुनले के भन्छ, कसरी उजुरी दिने, कहाँ जाने, कस्तो किसिमको कानुनमा न्यायको व्यवस्था गरेको छ भन्ने विषयमा पनि जानकारी प्रदान गरेको र सबै सहभागीे पनि सकारात्मक प्रतिक्रिया दिएको बताईन् ।

ताजा समाचार

spot_img