नेकपा विप्लव कञ्चनपुरको भदौँ ११ मा जिल्ला सम्मेलन

कञ्चनपुर,: नेकपा विप्लव कञ्चनपुृरको आगामी भदौँ ११ मा जिल्ला सम्मेलन हुने भएको छ । नेकपा विप्लव कञ्चनपुर जिल्लाको चौथो सम्मेलनका लागि तयारी भईरहेको उक्त पार्टीले जनाएको छ । नेकपा विप्लव विशेष समिति सदस्य राजेन्द्र विष्टले सम्मेलनको जिल्लाका सबै पालिकाहरुमा तयारी भईरहेको बताए ।
सम्मेलनको राजनैतिक प्रतिवेदन लेखनको जिम्मेबारी समेत पाएका नेकपा नेता विष्टले ऐतिहासिक हुने दावि गरेका छन । उनका अनुसार नेकपा कञ्चनपुर सेक्र्रेटरी प्रकास मल्ल नेतृत्वमा चौथो जिल्ला सम्मेलनको तयारीका लागि जिल्लालाई चार कमाण्डमा एकसाथ सम्मेलनको तयारीमा नेता कार्यकर्ता जुटेको बताए । नेता विष्टले पुनर्वास बेलौरी र लालझाडीको कमाण्ड इन्चार्ज पुरन राना, कृष्णपुर शुक्लाफाँटा इन्चार्ज बिरु तिरुवा, बेलडाँडी बेदकोट इन्चार्ज राम बहादुर सिह र भीमदत्त र दोधाराचाँदनी इन्चार्ज बिरेन्द्र लुहारलाई जिम्मेबारी दिएको बताए । ‘जिल्लाका चारै कमानबाट पालिका इन्चार्ज ज्यूहरुले कामकाज अघि बढाएका छन, ‘नेता विष्टले भने, ‘सम्मेलन भव्य, सभ्य एव ऐतिहासिक हुनेछ ।’

ताजा समाचार

spot_img