धिरेन्द्र भट्ट/कंचनपुर : माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बीच सिंहदरबारमा बैठक सम्पन्न भएको छ।

जसपा बाट कारबाहीमा परेका भट्टराई र प्रचण्ड बिच मंगलबार सिंहदरबारमा बैठक भएको हो। उक्त बैठक प्रती प्रचण्डले भने, ‘ यो सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन। बाबुराम जि पनि गठबन्धनमै हुनुहुन्छ। उहाँ जसपा बाट अलग भएपनि गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने बाबुराम जि को भनाइ छ।’

प्रचण्ड र बाबुराम बिचको भेटघाट सामान्य बिसयमा छलफल भनिए पनि दुई शीर्ष नेता बिच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको स्रोतद्वारा जानकारीमा आएको छ। बाबुराम जसपाबाट कारबाहीमा पर्नु अघि पार्टी बाट निस्कन चाहान्थे।

आजै (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र राष्ट्रिय सभा अध्यक्ष बामदेव गौतम बिच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुने भनिएको छ।






