न्यायिक अभियन्तालाई क्षमता अभिबृद्धि तालिम

कञ्चनपुर: कञ्चनपुुरका न्यायिक अभियन्ता एव मानव अधिकारका क्षेत्रमा कार्यरतलाई क्षमता अभिबृद्धि तालिम लिईएको छ । दलित महिला संघ कञ्चनपुरले जिल्लाका न्यायिक अभियन्ता एव मानव अधिकारका क्षेत्रमा कार्यरतलाई क्षमता अभिबृद्धि तालिम लिईएको हो । मंगलबार महेन्द्रनगरमा एक कार्यक्रमका विच न्यायिक अभियन्ताहरुको क्षमता अभिबृद्धि तालिम शुरु गरिएको छ । नेपालको न्याय प्रणाली र कानुन ढाँचा सम्बन्धी सीमान्तकृत समुदाय लक्षित समाजिक न्याय र प्रर्बद्धनका लागि औपचारिक न्यायिक अभियन्तालार्ई क्षमता अभिबृद्धि तालिम दिईएको दलित महिला संघले जनाएको छ ।
दलित महिला संघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी विकले मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न मानव अधिकारकर्मी, रक्षक सञ्जाल सहितका अभियन्तालाई दलित महिलाको हक अधिकार बारेमा समेत पुर्नताजिकरण गराउँदै दलित महिलाको अधिकार सुनिश्चित गराउने उदेश्यकासाथ तालिम आयोजना गरिएको बताए । क्षमता अभिबृद्धि तालिम कार्यक्रमको पहिलो दिन दलित महिला संघ कञ्चनपुरका कार्यक्रम संयोजक नर बहादुर विश्वकर्माले जात व्यवस्थादेखि हालको अवस्था बारे कार्यपत्र प्रंस्तुत गर्दै अझैपनि दलित समुदाय एव दलित महिलामाथि जातिय विभेद कायमै रहेको बताए । उनले सबै सरोकारवाला निकाय मिलेर हटाउनुपर्नेमा जोडदिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाले मानव अधिकारका क्षेत्रमा प्रहरी २४सै घण्टा तत्तपर रहेको बताए । उक्त तालिमको मुख्य प्रशिक्षकका अधिवक्ता कौसिल्या ओझाले प्रशिक्षण गर्नुभएको छ । अधिवक्ता ओझाले दलित महिला सहित मानव अधिकार बारे काुननी व्यवस्था बारे प्रशिक्षण गर्नुभएको छ । तालिम बुधबारसमापन हुनेछ ।

ताजा समाचार

spot_img