अलि खानको घृणित प्रतिक्रिया प्रति सन्दीपको जवाफ : नेपाली जनताले क्रीकेटको श्वास फेर्छन

धिरेन्द्र भट्ट/कंचनपुर : नेपाली क्रीकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिका का क्रीकेटर अलि खानको आपत्तिजनक प्रतिक्रियाको जवाफ दिदै नेपाली जनताले क्रीकेटको श्वास फेर्ने लेखेका छन। स्कटल्याण्डमा आइतबार आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड बिचको त्रिकोणात्मक सिरिज सकियो। उक्त सिरिजमा नेपालले चार खेल मध्ये एक खेलमा जित र तीन खेलमा हार बेहोर्नु पर्यो। खेलमा कमेन्टेटरको भुमिकामा अमेरिकी पत्रकार पिटर डेला पेना एक थिए। आइतबार भएको नेपाल र स्कटल्याण्ड बिचको खेलमा खराब प्रदर्शन गरेको नेपालले पराजय भोग्नु पर्यो।

No description available.

उक्त खेललाई लिएर पिटरले गरेको टिप्पणी प्रती नेपाली खेल समर्थकहरुले असन्तुष्टि जनाए। कतिपय समर्थकहरुले उनलाई नेपाली क्रीकेटको बारेमा नकारात्मक टिप्पणी गर्न भन्दै सन्देश पठाए। तिनै सन्देश मध्ये मा एउटामा पिटरले आइतबार ट्विटरमा पोस्ट गरेका थिए। सोही पोस्टमा अमेरिका का क्रीकेटर अलि खानले आपत्तिजनक प्रतिक्रिया जनाउदै लेखेका थिए ‘नेपाली क्रीकेट फ्यान अहिलेसम्मकै खराब छन’। खानले गरेको नेपाली क्रीकेट समर्थक प्रती आपत्तिजनक प्रतिक्रियालाई लिएर नेपाली खेलप्रेमिहरुमा असन्तुष्टि तथा क्रोध पैदा भएको छ।

उक्त आपत्तिजनक प्रतिक्रिया प्रती सोमबार कप्तान सन्दीपले ट्विटर मार्फत उनलाई जवाफ दिदै लेखेका छन् , ‘मेरो एक क्रिकेट सहकर्मीबाट यस्तो सामान्यीकृत र घृणित टिप्पणीको आशा कहिल्यै गरेन। नेपाली जनताले क्रिकेटको सास फेर्छन् । उनीहरुको रगतमा छ । र तिनीहरू क्रिकेट विश्व नक्शाको एक महत्वपूर्ण भाग हुन्। खेलकुदले मात्र मानिसहरूलाई एकताबद्ध गर्नुपर्दछ, उनीहरूलाई विभाजित गर्न होइन।’

ताजा समाचार

spot_img