यस्ता छन असार ३१ गतेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

धिरेन्द्र भट्ट/कंचनपुर : असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन। आइतबार सूचना तथा संचार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थमा पुर्वाधार कर वाफत मुल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैया अनुदान स्वरूप उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन। बैठकको निर्णय अनुसार राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ। माथिल्लो कर्णाली जलविद्युत परियोजनाको बित्तीय ब्यवस्थापनको म्याद मन्त्रिपरिषद् बाट निर्णय भएको मिति २ बर्ष थप गरेको छ। विभिन्न १० बस्तुमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्म निरन्तरता दिने सरकारले निर्णय गरेको छ।

ब्यपत्ता पारिएका ब्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोगी एन २०७१ लाई संसोधन गर्नुपरेको विधेक संघीय संसदमा पेश गर्न स्वीकृत समेत दिएको छ। ‘बर्ड फ्लू’ नियन्त्रणका क्रममा नस्ट गरिएका बस्तुको राहत प्रदान गर्ने र ‘बर्ड फ्लू’ नियन्त्रणमा खटाइएकाहरुलाई प्रोत्साहन स्वरुप सुविधा प्रदान गर्ने माग बैठकले स्वीकृत गरेको छ। त्यस्तै मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग परीक्षण गर्ने क्रममा दुर्घटनामा परि दिवंगत भएका इन्जिनियर सतिसकुमार गोहित र सवारीचालक राधाकृष्ण थापामगरको परिवारलाई क्षतिपूर्ति स्वरूप ५/५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। लुम्बिनी गार्डेन फाउन्डेसनले उपलब्ध गराउन प्रस्ताव गरेको ‘जियो डेथ स्ट्रोङ्ग’ को बुद्ध मुर्ति उपहार स्वरूप स्वीकार गर्ने सरकारका प्रवक्ता कार्कीले जानकारी गराए। उनले नेपाल र इटालीका परराष्ट्रमन्त्रालय बीच दुईपक्षीय परामर्श संयंत्र स्थापन गर्ने सम्बन्धि समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्रमन्त्रालयलाई स्वीकृत प्रदान, नेपाल र अरब गणतन्त्र इजिप्ट बिच जुलाई १६ सन् २००७ मा सम्पन्न भएको ‘एग्रिमेन्ट अन इकोनोमिक टेक्निकल कोअप्रेटिभ अप्रेसन’ मा लागू गर्नका लागि नेपालको तर्फबाट अनुमोदन प्रक्रिया पूरा भएको जानकारी इजिप्ट सरकारलाई चिठी पठाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिएको बताए।

यस्तै श्री नं २७ बाइनी अड्डाको लागि आवस्यक जग्गा प्रचलित कानुन बमोजिम मुआब्जा दिनेगरी प्राप्त गर्न नेपाली सेनालाई स्वीकृत दिएको, प्रधानसेनापति माहारथी श्री प्रभुराम सर्मालाई मिति २०७९ साउन ९ गतेदेखि ११ गतेसम्म अस्ट्रेलियाको सिड्निमा संचालन हुने ‘एन्युल चिप्स अफ डिफेन्स कन्फ्रेस २०२२’ मा भागलिन स्वीकृत दिने, राष्ट्रिय सूचना केन्द्रका कार्यकारी निर्देसक पदमा प्रदिप सर्मा पौडेल नियुक्त गर्ने, नेपालले हुलाक बस्तुको अन्तर्राष्ट्रिय डार्क ढुवानीको लागि विश्व हुलाक संघ ‘युपियु’ ले निर्धारण गरेको दरमा नपर्ने गरि आवस्यकता अनुसार एक वा एकभन्दा बढी हवाईसेवा कम्पनी सङ्ग सम्झौता गरि अन्तर्राष्ट्रिय डार्क ढुवानीको ब्यवस्थापन गर्न हुलाक सेवा बिभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय भएको मन्त्री तथा प्रवक्ता कार्कीले बताए।

ताजा समाचार

spot_img