डडेल्धुराकोे उग्रतारा माविमा स्थानीय र प्रहरी बिच झडप

महेन्द्रनगर : डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखाराको उग्रतारा माविमा स्थानीय र प्रहरी बिच झडप भएको छ । प्रधानाध्यापकको राजिनामा र एक शिक्षिकाको सरुवा माग गर्दै स्थानीय एवं अभिभावकहरुले बिद्यालयमा तालाबन्दी गरेका थिए ।अहिले स्थानिय र प्रहरी बिच झडप भएको शेर भण्डारीले बताए । उत्तm झडपमा केही स्थानियहरु घाईते भएको र उनिहरुको परिचय थाहा नभएको उनले बताए ।

स्थानिय प्रधानाध्यापक चन्द्र शाहुले शुक्रबार विद्यालयका लेखापाललाई कुटपिट गरेका थिए ।  प्रधानाध्यापक शाहुले शुक्रबार विहान ११ बजे विद्यालयमै लेखापाल टेक ऐरलाई कुटपिट गरेका थिए । उनीहरुको झगडाले विद्यार्थीहरु हतोत्साहित भएको र यसको निराकरण हुनुपर्ने भन्दै स्थानीय एवं अभिभावकहरुले तालाबन्दी गरेको स्थानीय शेर भण्डारीले बताए । प्रहरीले वडा अध्यक्ष खडक बोहराको रहोवरमा आयन्दा गाली, बेइजती, झै झगडा नगर्ने र यदी यसो भए यसै कागजका आधारमा कानूनी कार्वाही सहुला बुझुला भनि कागजपत्र भएको वडा अध्यक्ष खडक बोहराले बताए ।

ताजा समाचार

spot_img