अधिकारकर्मी चन्दद्वारा काँग्रेस परित्याग

पाटी भित्रिको बेथिति स्वीकार गर्न नसक्दा पाटीबाट बाहिरिए : शारदा चन्द

कञ्चनपुर : महिला अधिकारकर्मी शारदा चन्दले नेपाली काँग्रेस पाटी परित्याग गरेकी छिन । लामो समयदेखि काँग्रेसमा आबद्ध रहेकी चन्दले पाटी परित्याग गरेको घोषणा गरेकी छिन । आर्थिक बर्ष २०७८/०७९को अन्तिम दिन असार ३२(शनिबार) एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले पाटी परित्याग गरेकी हुन । पाटी महाधिवेशन प्रतिनिधी रहेकी अधिकारकर्मी चन्दले पाटी भित्रको बेथिति विकृतीलाई स्वीकार गर्न नसकेका कारण पाटी परित्याग गरेको जनाएकी छिन । चन्दले साधारण सदस्य समेत नरहनेगरी राजिखुसीले पाटी परित्याग गरेकी हुन । चन्दद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा जनता र देशको लागि अवको जिवन स्वतन्त्र भएर काम गर्ने बताएकी छिन । पाटी भित्रको कस्तो, कुन प्रकृतिको आन्तरिक बेथिति विकृती बारे चन्दले विज्ञप्तीमा खुलाईएको छैन ।

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक निकट महिला अधिकारकर्मी चन्दको पाटी परित्याग गर्दै क्षेत्र नम्बर ३मा नयाँ ट्विष्ट आउने राजनीतिक वृतमा आँलकन गरिएको छ । क्षेत्र नम्बर ३ भीमदत्त नगरपालिका १५ घर भएकी चन्दले भावि प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र लड्ने तयारी गरेकी छिन । काँग्रेस परित्याग गरेर चन्दले स्वतन्त्र चुनावमा लड्ने योजना अघि सार्दै काँग्रेसका उम्मेदवारलाई टक्कर दिने महिलाबृतका चर्चा गरिएको छ । चन्द चुनावमा लड्दा काँग्रेसलाई ठुलो क्षति पुग्ने भन्दै केही काँग्रेसका नेता कार्यकर्ताहरुले पाटी परित्यागको निर्णय फिर्ता लिन आग्रह गरिरहेका छन । झण्डै अढाई दशकदेखि महिला, बालबालिका एव जेष्ठ नागरिकको अधिकारका क्षेत्रमा सकृय चन्दले बलात्कार पछि निर्मला हत्याकाण्ड बिरुद्धमा जिल्लादेखि केन्द्रसम्म आन्दोलन गरेकी थिईन ।

ताजा समाचार

spot_img