काँग्रेस नेता बोहरा शुक्लाफाँटा आयोगको संयोजक

कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका नेता दल बहादुर बोहरा शुक्लाफाँटा आयोगका अध्यक्षमा नियुक्त भएका छन । संघीय सरकारको निर्णय अनुरुप वन तथा वातावरण मन्त्रालयले नेता बोहरालाई शुक्लाफाँटा आयोगका अध्यक्षमा नियुक्त गरेको हो । वन मन्त्रालयले बोहरालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितलाई मुआब्जा सिफारिस गवर्ने कार्यदलको संयोजकमा नियुक्त गरेको छ ।No description available.
शुक्लाफाँटा आयोगको संयोजकमा नियुक्त भएका दल बहादुर बोहराले जिल्लाकै समस्या भएकाले आफुले बाट सक्दो पहल गर्ने र त्यसका साथै सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए । ‘मलाई सरकारले विश्वास गरी दिएको जिम्मेबारी म निर्भिकताका साथ पुरा गर्छु, ‘उनले भने, ‘अब यो आयोग गठनका लागि गठन मात्र होईन पीडितको समस्या समाधान गर्ने हिसाबले काम गर्छु, त्यसका लागि सरकार सहित सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।’No description available.
झण्डै ३ दशकदेखि राजनीतिक समाजिक काममा जुट्दैआएका बोहराको नियुक्तसंगै पीडित समेतले पुनर्वास्थापना हुने आशा व्यक्त गरेका छन । ०५८ सालमा हालकै प्रधानमन्त्री शेर बहादुर देउवा उतिबेलामा पनि प्रधानमन्त्री हुँदा विस्थापित भएका पीडित परिवार जिल्लाका विभिन्न स्थानमा खुला आकासमुनी बस्न बाध्य भएका छन । पीडितले पनि जमिन वा अर्कोे स्थानमा जमिन किन्न सक्नेगरी क्षतिपूर्ति दिनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार

spot_img