बैवाहिक बर्षगाँठका दिन धामी दाम्पत्तीद्वारा विद्यालयमा बृक्षारोपण

कञ्चनपुर: समान्यतया कुनै दाम्पतीको विवाह भएको दिन अर्थात भोजभतेर गर्छन, तर कञ्चनपुरको एक दाम्पत्तीले बैवाहिक बर्षगाँठका दिन विद्यालयमा बृक्षारोपण गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका धनसिह धामी(शित्तल) दाम्पत्तीले बैजनाथ माध्यामिक विद्यालयमा बृक्षारोपण गरेका छन । शुक्रबार ३१ असारमा विवाह भएको १२औँ बर्षमा प्रवेस गरेको अवसर पारेर धामी दाम्पत्तीले बैजनाथ माध्यामिक विद्यालय परिषरमा विभिन्न फलफुलका बिरुवा रोपेका छन ।No description available.

११ बर्षअघि धनसिह धामी र सावित्री प्वाली वैवाहित जिवनमा बाँधिएका थिए । तीन सन्तानका धामी दाम्पत्तीले कौसिमा समेत ड्रागनखेती गरेर चर्चा कमाएका छन । धामी दाम्पत्तीले कटहर, निम, कागती र ड्रागनफुड सहितका १२०बिरुवा रोपेका छन । धनसिह धामी(सित्तल)ले आफुले अध्ययन गरेको विद्यालयमा बर्ष गाँठमा फजुल खर्च भन्दा केही समाजिक सृजनात्मक काम गर्न प्रयास गरिएको बताए । बृक्षारोपणमा धामी दाम्पत्ती सहित विद्यालयका अध्यक्ष अचुत कलौनी, प्रअ हरिराज विष्ट सहितका शिक्षक, विद्यार्थी, धामीका सहकर्मी सहभागि भएका थिए ।No description available.

ताजा समाचार

spot_img