सुदूरपश्चिमका बाल विकासका शिक्षकलाई टिपिडी तालिम

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका बाल विकासका शिक्षकलाई टिपिडी तालिम दिईएको छ । शिक्षा तालिम केन्द्र दिपायल डोटीको योजना एव उप केन्द्र कञ्चनपुरको हलमा सुदूरपश्चिम प्रदेशका बाल विकासका शिक्षकलाई टिपिडी तालिम दिईएको हो । शिक्षा तालिम उपकेन्द्र कञ्चनपुरका प्रशासन सहायक मदनराज जोशीले सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षकको क्षमता अभिबृद्धिका लागि पेशागत विकास तालिम दिईएको बताए । तालिम उपकेन्द्रका प्रशासन सहायक जोशीका अनुसार प्रदेशका विभिन्न सामुदायिक विद्यालयका कार्यरत बाल विकासका शिक्षिकालाई पेशागत क्षमता अभिबृद्धि गर्दै शैक्षिक गुणस्तर बृद्धिका लागि तालिम दिईएको बताए ।No description available.

रोष्टर प्रशिक्षक हरिराज विष्ट, गंगादत्त भट्ट, सहित शिक्षक ललित सिह साउद, ओम प्रकास जोशी, बासुदेव भट्टले प्रशिक्षण गरेका थिए । २१ असारमा शुरु भएको तालिम ३०असारमा सम्पन्न भएको छ । तालिममा सहभागि बाल विकासका शिक्षिकाले तालिम प्रभावकारी भएको र भावि दिनहरुमा समेत थप तहगत तालिम दिनुपर्नेमा जोडदिएका छन । शिक्षा तालिम केन्द्र दिपायल डोटीका प्रमुख दुर्गादत्त विष्टले बाल विकास सहितका शिक्षकको क्षमता अभिबृद्धि गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि बेला बेलामा शिक्षकहरुलाई तालिम दिदै आएको बताए ।No description available.

बालबालिकाको शैक्षिक यात्रा बालविकास बाटै शुरुवात हुने र बाल्याअवस्थामै बालबालिकालाई सिकाईप्रति अभिप्रेरित गराउन शिक्षकको भूमिका हुने भएकाले बाल विकासका शिक्षकको क्षमता अभिबृद्धि मुलक तालिम लिईएको बताए । सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्दै विद्यार्थीको आकर्षण बढाउनुका साथै राज्यले सामुदायिक विद्यालयमा लगाएको लगानी सदुपयोग गर्नुपर्नेमा तालिम केन्द्र प्रमुख विष्टको भनाई छ । तालिम केन्द्र प्रमुख विष्टले तालिममा सिकेका विषयबस्तु फिल्डमा कार्यान्वयन गर्दै आफु कार्यरत विद्यालयमा कार्यान्वयन गर्न निर्देशन समेत दिनुभयो । उक्त तालिममा सुप प्रदेशका विभिन्न जिल्लाका २५ बाल विकासका शिक्षिकाको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img