कञ्चनपुर : भारतसंग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा रातभरी तस्करी भईरहेको तथ्य खुलेको छ । समान्य घरसायी समानदेखि किसानका नाममा टेक्ट्रमा सयौँ बोरा मलखाद तस्करी भईरहेका छन । पुनर्वासका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बलको दरिलो उपस्थिति हुँदा समेत तस्करी रोकिएको छैन । तस्करले भारतबाट समान ल्याएर सीमापार गरेर बस्तीमा पु¥याईरहेको अवस्थामा नेपाल प्रहरीले समान बरामद गरेको छ । गयराती इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीको टोलीले तस्करी हुन लागेको अवस्थामा टेक्टर सहित १सय बोरा मलखाद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकले बिहान अढाई बजेतिर एक टेक्टरसहित सय बोरा मलखाद बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले से २ त २३७० नम्बरको टेक्टरमा भन्सार छलीको मलखाद ओसारीरहेको अवस्थामा प्रहरीले बरामद गरेर भन्सार बुझाएको बताए । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले दोदा पुल क्षेत्रबाट १ सय बोरा मलखाद बरामद गरेको हो । १ लाख ५० हजारको मलखाद सहित टेक्टर भन्सार चलान गरिएको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता शाहका अनुसार बरामद गरिएको मलखाद सहित टेक्टर त्रिनगर कैलाली भन्सार चलान गरिएको छ । प्रहरीले उक्त अवैध मलखाद एव टेक्टर बेवारिसे भन्दै टेक्टर धनी र समान धनीको विषयमा केही खुलाएको छैन । उक्त टेक्टर बरामद गरेको स्थानदेखि दक्षिण पुर्व दक्षिणमा भारतीय सीमा पर्छ जहाँ सशस्त्र प्रहरी बलका बिओपी छन ।

प्रहरीले सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट तस्कर समुहलाई पक्राउ नगरेपछि सो कार्यको जिम्मेबारीपनि प्रहरीको टाउकोमा आएको बताउँदै आएको छ । नेपालमा मलखाद अभाव भएको भन्दै एकातिर सरकार बिरुद्धमा आवाज उठाउने अर्कातिर रातारात टेक्टरमा सयौँ बोरा मलखाद तस्करी गर्ने प्रवृति हावि भएको छ । तस्कर समुहका गैर कानुनी गतिबिधीप्रति प्रहरीले ठाँउ ठाँउमा एक्सनमा उत्रिएपनि सशस्त्र प्रहरीले सीमाबाटै तस्कर छुट दिएको प्रहरीको गुनासो छ । स्थानीयले समेत तस्करमाथि निरन्तर प्रहार गर्दै राजस्व चुहावट नियन्त्रण गर्नका लागि प्रहरी जस्तै सशस्त्र प्रहरीको समेत भूमिका निर्वाह हुनुपर्ने सझाव दिएका छन ।







