कञ्चनपुर : महाकाली सहित्य संङ्गमले २०९औं भानुजयन्ती र गुरुपूर्णिमाको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी मनाएको छ । विहान महेन्द्रनगरको भानुचोकमा रहेको भानुभक्तका शालिकमा माल्यार्पण गर्दै श्रद्धा सुमन र कविहरुले भानुभक्तका रामयणका पाठ वाचन गर्नुका साथै भानुभक्त माथि रचिएका कविता वाचन गरेका थिए ।

भानुजयन्तीको उपलक्ष्यमा महाकाली सहित्य संङ्गमले किनेका पश्चिमीे संस्कृति झल्काउने बाद्यय वादनको पनि यहाँका स्थानीय कलाकारले बजाएर उद्दघाटन गरेका छन् । त्यसपश्चात वर्षातको मौषम भएका कारण पानी पर्न सक्ने हेतुले लक्ष्मीहोटलको हलमा विभिन्न कार्यक्रम गरिएको महाकाली साहित्य सङ्गमका अध्यक्ष हरीश जोशीले बताउनु भयो । रामायण वाचन, कविता वाचन र आदिकविको जीवनी सम्बन्धी प्रकाश पारिएको थियो ।

महाकाली साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अध्यक्ष हरीश जोशी,उद्घोषणा महाकाली साहित्य सङ्गमका महासचिव भवानी चन्दले गर्नु भएको थियो भने प्रमुख अतिथिमा संविधान सभासदस्य आनन्दी पन्त रहनु भएको थियो । जसमा विभिन्न विषयमा कार्यहरू प्रस्तुत गरिएका थिए। संस्कृति सम्बन्धी प्रस्तुति राजेन्द्र रावल, भाषा सम्बन्धी प्रस्तुति कैलाली क्याम्पसका बासुदेव बिष्ट र अन्य कवि कवयित्रीहरूले विविध विषयमा कविता, गीतहरू प्रस्तुत गर्नु भएको थियो ।







