धनगढी : आषाढ २९ सुदूरपश्चिमाञ्चल साहित्य समाज र कैलाली जनपुस्तकालयको सयुँक्त आयोजनमा धनगढीमा २०९औं भानुजयन्ती मनाईयो। धनगढी चौराहदेखि शुरू भएको प्रभातफेरीमा र्यालीका सहभागीहरूले कैलाली जनपुस्तकालयको प्रांगणमा रहेको भानुको शालिकमा माल्यार्पण गरेका थिए।
त्यसपछि सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाकक्षमा भानुजयन्ती समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र राज्यमन्त्री टेक बहादुर रैकाले डडेल्धुरा बगरकोट निबासी जयराज पन्तको “मनुस्मृति सार रे श्रीमद्भागवद् महात्म्य यसैमी हितकी कुरडी” नामक कृति र तीनजना गायकहरू हेमन्ता भट्टराई, बाल गायकहरू: सुपृम मल्ल पृयंका शर्माको तीज गीत एलबम् सयँक्त रूपमा लोकार्पण गरे। भानु जयन्तीकै अवसरमा साहित्य समाजले आयोजना गरेको “आदिकवि भानुभक्त र नेपाली भाषाको वर्तमान अवस्था” शिर्षकको निबन्ध प्रतियोगितामा थ्रीस्टार बोर्डिङ्ग स्कुलका सञ्चित भट्ट प्रथम, प्रविन चन्द धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय द्वितीय, टिनु जोशी पञ्चोदय माध्यमिक विद्यालय तृतीय, मृदुल जोशी ऐश्वर्य विद्या निकेतन सान्त्वना, रोशन खड्का शरदा माध्यमिक विद्यालय सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। विजेता प्रतितोगीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टी एन जोशीले स्वागत मन्तव्य गरेका थिए। साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई संचालन समाजका महासचिव गणेश नेपाली गरेका थिए। कविहरू धर्मराज जोशी, सिर्जन श्री, प्रतिभा राना र जेम्स एकेडेमी स्कुलका विद्यार्थीहरूले कविता वाचन गरेका थिए। चित्रकला पनि प्रदर्शन गरेका थिए। कार्यक्रममा विगतको परम्पराकै निरन्तरताको रूपमा विभिन्न सात्यानुरागी, साहित्य प्रेमीहरूले आफ्नो र आफ्ना प्रियजनका नाममा अक्षयकोष स्थापना गरेका अनि त्यसबाट दिईने १३ वटा पुरस्कारका लागि सिफारिश भएका स्रष्टाहरूको नाम सिफारिश गरी घोषणा गरेको छ।
१- बद्री-कृष्णा वाङ्गमय पुरस्कार( राशी रू १,११,१११/-) श्री सनत रेग्मी, नेपालगञ्ज, बाँके
२-प्रभास राज्यलक्ष्मी कृति पुरस्कार( राशी रू १,००,०००/-) अग्नि महाकाव्यका लागि डा.नवराज लम्साल, काठमाडौ
३-श्रीलोचन साहित्य पुरस्कार(राशी रू जनही २५ हजार) डा. जगन्नाथ उपाध्याय, असम, भारत। श्रीमती मीना सुब्बा , सिक्किम भारत
४-जयराज पन्त लोक साहित्य पुरस्कार( रू २५ हजार) डा. बद्री शर्मा बिनाडी हाल कैलाली
५-सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार( रू २५ हजार) मिहिलाल उपाध्यय, कैलाली तिलक बहादुर सिंह, कैलाली
६-देवकान्त पन्त लोक साहित्य पुरस्कार(२५ हजार) श्रीमति दिव्यश्वरी जोशी, काठमाण्डौ।
७-गणेश स्मृति हेमन्ती साहित्य पुरस्कार(जनही रू१२५००/-) श्रीमति सुमन घिमिरे, झापा। श्रीमति कल्पना खरेल, नेपालगञ्ज।
८-बिष्णुदास यज्ञ साहित्य पुरस्कार(रू१५०००/-) डा. शंकर गैरे, पाल्पा
९-सकराम-ईनिता-भीम साहित्य पुरस्कार(जनही रू२५ हजार)श्रीमति अप्सरा दहाल, सिक्किम। श्रीमति गीता रेग्मी, का
१०-जसुदा संगीत पुरस्कार(जनही रू २५ हजार) रेखा जोशी बाजुरा। उमेश मायालु डडेल्धुरा
११-जसुदा शिक्षा पुरस्कार( राशी रू २५ हजार) स्व. तर्कराज जोशी।
१२-जसुदा समाजसेवा पुरस्कार(राशी रू २५हजार) अनुराधा कोईराला काठमाडौ ।
१३-जसुदा साहित्य पुरस्कार(जनही रू २५ हजार) शान्ति शर्मा चितवन। शान्ति प्रिय वन्दना, हेटौडा।
घोषित पुरस्कार २०७९ फागुन ५ गते विश्व नेपाली नारी साहित्य महोत्सवको उद्घाटनका दिन सिफारिश गरिएका श्रस्टाहरूलाई प्रदान गरिनेछ।






