कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघमा अपेक्षा भन्दा कम मत खसेका छन । ३ हजार २६५ कुल मतदाता मध्ये २ हजार १८४ मत मात्रै खसेका छन । जसकी २५सय हराहारीमा खस्ने अपेक्षा गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समितिका लागि शनिबार भएको निर्वाचनमा ६७ प्रतिशत मात्रै मत खसेका छन । मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दले २ हजार १सय ८४ मत खसेको बताए । उद्योग तर्फ ८सय ६०, वाणिज्य तर्फ १ हजार ३सय २४ मत खसेका छन । मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दले निर्धारित समयमै मतदान शुरु र समान भएको बताए । मत गणना भने आइतबार बिहानदेखि मात्रै हुनेछ । वाणिज्य संघको १७ औँ कार्यकारणी सभा समिति चयनका लागि सदस्य, संस्थापक सदस्य, केही पदाधिकारी बाहेक तीन पदमा निर्वाचन अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती हुन नसकेपछि निर्वाचन हुन भएको हो ।

पुर्व अध्यक्ष समेत भईसकेका गणेश दत्त जोशी र निर्वतमान बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी दुई प्यानल विच चुनाव भएको छ । पिताम्बर जोशी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश रावल, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी यस अघि नै निर्बिरोध निर्वाचित भईसकेका थिए । संस्थागत सदस्य तर्फ नेपाल औषधी व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुडा मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भएका थिए । सात सदस्यका लागि २१ सदस्यले उम्मेदवारी दर्ता गराएका थिए । वाणिज्य संघको विद्यान अनुरुप साधारण सभामा अनुपस्थित भएकाको स्वत उम्मेदवारी रद्द भएपछि प्रदिप पाल, विशाल सोनार, भोजराज अवस्थी, प्रेम प्रकास पाठक मिनराज भट्ट, नरेन्द्र प्रशाद जोशी, गोपाल बुढापाल निर्विरोध चयन भएका थिए । पिताम्बर जोशी र गणेश दत्त जोशीले निर्वाचित भएका सदस्य आ–आफ्नो प्यानलमा खुलेको दावि गरेका छन । निर्वाचनमा ब अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव ३ पदका लागि मात्रै निर्वाचन भएको छ । तीन बर्षका लागि भएको निर्वाचनमा झण्डै ३२सय६५ सदस्य थिए । वाणिज्य तर्फ २ हजार ८ मतदाता रहेका छन ।







