भीमदत्त पूर्णखोप सुनिश्चितता घोषणा

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकालाई पुर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच भीमदत्तनगरपालिकालाई पूर्ण सुनिश्चितता घोषणा गरिएको हो । भीमदत्त नगरपालिलका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले नगरपालिका खोप पाउनुपर्ने सबै बालबालिकालाई खोप दिएसंगै पूर्णखोपयुक्त घोषणा गरिएको बताए । उनका अनुसार १६ महिनादेखि २३ महिना पुगेका बालबालिकाले पाउनुपर्ने सबै प्रकारका खोप दिईएकोछ ।
स्वास्थ्य शाखा प्रमुख जोशीले १देखि १९ वटै वडाका १ हजार ६ सय १८जना बालबालिकाले सबै प्रकृतिका खोप पाएका छन । कार्यक्रममा स्वास्थ्यकर्मी सहितलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, उप प्रमुख राम कुमारी राना, भीमदत्तनगरका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक सहितका जनप्रतिनिधी, कर्मचारीको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img