बैतडी : बैतडीको एक सामुदायिक विद्यालयमा शिक्षक छनौट गर्न सेटिङ्ग भत्किएपछि विद्यालयका प्रअ र अध्यक्षले तोकिएको परीक्षा स्थगित गरेका छन । पाटन नगरपालिका ३ बैतडी स्थित गौडाली प्राथमिक विद्यालयका प्रअ कौसल्या भट्ट र अध्यक्ष नरेश विकले आफ्ना मान्छे आवेदकलाई शिक्षक भर्ना गर्न पहिल्यै सेटिङ्ग मिलाएका थिए । तर, सहभागि अन्य आवेदकहरुले विज्ञ गोलाप्राथाबाट छनौट गर्न माग आघि सारेपछि प्रअ र अध्यक्षले बनाएको सेटिङ्ग भत्किएपछि तोकिएको परीक्षा नै स्थगित गरिदिरएका छन । खास गरेर अध्यक्ष विकले प्रअ भट्टलाई दवाव दिदै आफ्ना कार्यकर्ता भर्ती गर्न सेटिङ्ग मिलाएका थिए ।

एक प्रशिक्षार्थीले एमालेका निकट अध्यक्ष विकले आफ्ना कार्यकर्तालाई शिक्षक भर्नाका लागि सेटिङ्गमिलाएका थिए, त्यही भएर विज्ञ पनि छनौट गरेको अन्य प्रंशिक्षार्थीले थाहा पाएर निष्पक्ष शिक्षक छनौट गर्न दवाव दिएसंगै प्रअ भट्ट र अध्यक्ष विकले विज्ञलाई ल्याएका थिए । तर, सहभागिले विज्ञ छनौट गोलाप्रथाबाट गर्न पाटन नगरका मेयर गौरिसिह रावल सहितका शिक्षाका प्रतिनिधीको रहोवरमा उम्मेदवारलाई राखेर सर्वसम्मत गोलाप्रथाबाट विज्ञ छनौट गरेर प्रशनपत्र निर्माण गरेसंगै प्रअ र अध्यक्षको शिक्षक भर्ना गर्ने कालो सेटिङ्ग भत्किएपछि उनीहरु गायब भएका थिए । पाटन नगरपालिका हलमा २४ असारमा लिखित परीक्षा तय भएसंगै प्रअ र अध्यक्ष गायब भएकाले छनौट समितिले परीक्षा स्थगित गर्न बाध्य भएको थियो । गोलाप्रथाबाट देवसिह ठगुन्ना र हरि पं्रशाद अवस्थीलाई विज्ञ छनौट गरेका थिए । विद्यालयका अध्यक्ष नरेश विकले विज्ञ शिक्षक छनौटमा विवाद भएकाले परिक्षा स्थगित गरिएको बताउँदै आफुले कुनैपनि शिक्षकलाई नबोकेको बताए ।

पाटन नगरपालिका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले प्रत्यक्ष गोलाप्रथाबाट छनौटका लागि अपनाईएको बिधीमा प्रअ र अध्यक्षले नमानेका कारण परीक्षा स्थगित भएको बताए । ‘शिक्षक भर्नामा प्रअ, अध्यक्षले पहिल्यै आफुनिकटविज्ञ छनौट गरेर शिक्षक भर्ना गर्दै आएका छन, ‘उनले भने, ‘त्यो प्रथा हटाउन नगरपालिकाले देशभरीमै प्रत्यक्ष गोलाप्रथाबाट विज्ञ छनौट गर्दै आएको छ, त्यो नमानेपछि आज हुने परीक्षा स्थगित भएको छ ।’ शिक्षक भर्नामा आर्थिक चलखेल भईरहेको भन्दै केही आवेदकहरुले छानबिनको माग अघि सारेका छन । यस विषयमा आर्थिक लेनदेन जस्ता गतिबिधी भईरहेकाले अख्तियारले समेत प्रअ, अध्यक्ष उनीहरु निकट व्यक्तिका फोनदेखि अन्य सबै गतिबिधीमाथि छानबिन गर्नुपर्ने माग अघि सारेका छन ।







