कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका शिक्षकलाई सुचना तथा संचार प्रविधि विषयक तालिम दिईएको छ । सामुदायिक विद्यालयमा कार्यरत प्रदेशका शिक्षकलार्ई सुचना तथा संचार प्रविधि विषयक तालिम दिईएको हो । शिक्षा तालिम केन्द्र दिपायल र उप केन्द्र कञ्चनपुरले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सुचना तथा संचार प्रविधि विषयक तालिम दिईएको शिक्षा तालिम उप केन्द्र कञ्चनपुरका प्रशासन सहायक मदनराज जोशीले बताए । शिक्षा तालिम उपकेन्द्र कञ्चनपुरका प्रशासन सहायक जोशीले आधारभूत तथा माध्यामिक तह (१देखि१०)सम्मका शिक्षकलाई १० दिने तालिम दिईएको बताए ।
शिक्षकको व्यवसायिक तालिम (टिपिडी) अर्थात क्षमता अभिबृद्ध गराई शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यका साथ तालिम दिईएको उनले बताए । १३ असारमा तालिम उद्घाटन गर्दै शिक्षा तालिम केन्द्र दिपायलका प्रमुख दुर्गादत्त विष्टले समय सापेक्ष अनुरुप सामुदायिक शिक्षक पनि प्रविधि बारे जानकार हुनुपर्नेमा जोडदिएका थिए । शिक्षकले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै विद्यार्थीलाई थप शिक्षण सिकाईमा प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।
रस्वती माविका सहायक प्रध्यानाध्यापक समेत रहेका रोष्टर प्रशिक्षक नवराज पन्त, सुप विश्वविद्यालयका उपप्राध्यापक बिरेन्द्र प्रशाद भट्ट, शान्ति निकेतन माविका प्रध्यानाध्यापक एव रोष्टर प्रशिक्षक पुष्पराज ओझा, भीमदत्त नगरपालिका सुचना प्रविधि अधिकृत विनय कलौनी, सुरेश भट्टले प्रशिक्षण दिएका छन । सहभागि शिक्षकहरुले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक प्रयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । तालिममा सुप प्रदेशभरीका २५ जना शिक्षकको सहभागिता रहेको थियो






