कञ्चनपुरमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको आज समापन हुदै


महेन्द्रनगर : कञ्चनपुर जिल्लाको सदरमुकाममा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड भब्यताका साथ आज समापन हुने भएको छ।

मंगलबार कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित कबड हलमा कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उद्धघाटन भएको थियो।

जिल्लाका सामुदायिक तथा निजि विद्यालयका ९ वटा पालिका बाट विभिन्न विधाका लागि विद्यार्थीको सहभागिता रहेको थियो। एथलेटिक्स ,भलिबल ,कबड्डी ,कराते तेक्वान्दो र उसु गरि ६ विधाका खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको आज बुधबार एक कार्यक्रमका बिच दिउँसो ३ बजे महेन्द्रनगरको कबड को खेलमैदानमा समापन हुने उपाध्यक्ष कैलाश चन्द्र गिरिले बताउनु भयो।

आज बाकी रहेका विभिन्न विधाका खेल बाकी रहेका छन । जसमा बिहान आज ७ बजे ३ हाजर मिटर छात्र/ छात्राको दौड , ८ बजेबाट अन्य विधाका सम्पुर्ण खेलहरु सुरु हुने छन्


ताजा समाचार

spot_img