महेन्द्रनगर: महेन्द्रनगरका चर्चित समाजसेवी हेलेन श्रेष्ठ र दिनेश श्रेष्ठका जेष्ठ सुपुत्र आयुसमान श्रेष्ठले आफ्नो १५ औँ जन्मोत्सव महाकाली बाल अनाथालयका बालवालिकाहरुसंग मनाएका छन् । आयुसमानले जन्मोत्सवको उपलक्षमा महाकाली बालअनाथालयमा रहेका ३२ जना बालबालिकाहरुलाई आज दिउसोको खाजा खुवाउनुका साथै साझको भोज गराएका हुन् । दिउसोका खाजामा मासु चिउरा, अण्डा तथा चिसो र जुस थियो भने साझको खाना ननभेज रहेको थियो । आयुसमान श्रेष्ठले आफ्नो आमाबुवाबाट प्रेरित भएर नै आफ्नो जन्मोत्सव बाल अनाथालयमा मनाएको बताए । ‘मम्मीले तिम्रो जन्मोत्सवमा गर्ने खर्च समाजिक सेवामा गर्नुपर्छ भन्नुभयो’, आयुसमानले भने ‘यसपालिको जन्मोत्सव रचनात्मक कार्य गर्ने नै भए बाल अनाथालयमा मनाउनी त डाडीले थपे, यस पछि मैले हुन्छ भने र जन्मोत्सव मनाउन अनाथालयमा आयौ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका जिल्ला कोषाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठले आयुसमानको जन्मोत्सवमा हुने फजुल खर्चलाई समाजिक कार्यमा लगाएको बताए । जन्मोत्सवमा गरिने फजुल खर्चलाई सामाजिक सेवामा खर्च गर्ने सस्कारको विकास गर्न पनि जन्मोत्सव बाल अनाथालयमा मनाएको उनले बताए । ‘पछिल्लो समय जन्मोत्सवको बाहानामा धेरै फजुल खर्च गर्ने चलन समाजमा सस्कार बन्दै गएकोछ’, श्रेष्ठले भने ‘जन्मोत्सवको वाहानामा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा लगाउनुपर्छ भन्ने मेरो मान्यता हो, त्यसैले बाबुको जन्मोत्सवमा हुने खर्च बरावरको खर्च यता खर्च गरेका हौ ।’ आयुसको जन्मोत्सव नयाँ ढंगले बनाउने योजनाअनुसार नै आयुसको जन्मोत्सव अनाथालयमा मनाएको राप्रपाकै महिला संगठनका जिल्ला अध्यक्ष समेत रहेका समाजसेवी हेलेन श्रेष्ठले बताए ।







