निजि क्षेत्रका उद्योगहरु “फुल फास्ट” ढङ्गले चलिरहेका छैनन : उद्योगमन्त्री बडु

धिरेन्द्र भट्ट/कंचनपुर : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले निजि क्षेत्रका उद्योगहरु पुर्ण क्षमताले चलि नरहेको बताएका छन। आइतबार पत्रकारसँगको एउटा अन्तर्वार्तामा मन्त्री बडुले राष्ट्रिय उत्पादन बढाउने, उत्पादन बस्तुको उपभोग बढाउने, आयातलाई प्रतिस्थापन गर्ने र निर्यात बढाउने सरकारको उद्देश्य रहेको बताउदै अहिलेसम्म नेपालमा चलेका उद्योगहरु मा निजि क्षेत्रले चलाएका उद्योगहरु पुर्ण क्षमताले संचालनमा नरहेको स्पस्ट पारेका छन। बडुले राष्ट्रीय उत्पादन वृद्धिमा सरकारी उद्योग मात्रै नभई निजि क्षेत्रका उद्योगहरुको पनि महत्त्व रहेकोले निजि उद्योगहरु पुर्ण क्षमता ले नचल्नुले समस्या उत्पन्न गरेको बताए।

‘ सरकारले मात्रै उत्पादन बढाउने उपभोग बढाउने कुरा सरकारले मात्रै गरेर सम्भव छैन, त्यसकारण हामिले निजि क्षेत्रलाई बिश्वासका साथ सहयोग गर्नुपर्छ र निजि क्षेत्रलेजिम्मेवारीका साथ आफ्नो उद्योगहरु चलाउनु पर्दछ’ उनले भने, ‘ निजी क्षेत्रलाई “फुल फास्ट” ढङ्गले चलाउनका लागि र थप लगानी लगाएर नयाँ उद्योग खोल्नका लागि के बाताबरण बनाउनुपर्छ भनेर हामीले नितिगत रूपमा, आर्थिक नितिमा तथा अन्य कुरामा हामी आवस्यक सुधार गर्छौ भनेर निजी क्षेत्र सङ्ग हामीले सहकाॠ गर्नुपर्ने नै हुन्छ।’ मन्त्री बढुले चलेका उद्योगहरुको क्षमता बढाई र ती उद्योगहरुलाई पुर्ण क्षमता सहित चलाउनका लागि सरकारले सहयोग प्रतिबद्धता हरेक नितिगत निर्णयमा पनि गर्ने उल्लेख गरे। साथै बन्द अवस्थामा रहेका उद्योगहरुलाई संचालनमा ल्याउन तत्काल आवस्यक रहेको र त्यसको सम्भाब्यता हेरि सरकारले त्यसमा आवस्यक सहयोग तथा गर्ने बताए।

ताजा समाचार

spot_img